पाल्पाको सबै स्थानीय तहलाई हेफर इन्टरनेशनलले गर्यो आर्थिक सहयोग ।

बन्दना पोखरेल
प्रकाशित : २०७८ जेठ २८ गते २०:५२

बन्दना पोखरेल पाल्पा
कोभिडमा राहत सामाजिक क्षेत्रको साथ परोपकारी मनले बढाउ सहयोगि हात कोभिड १९ आकस्मीक सहयोग कार्यक्रम अन्तरगत आज रामपुरमा एक कार्यक्रम विच हेफर ईन्टरनेशनल नेपालले सहयोग हस्तान्तरण गरेको छ ।
पाल्पाका स्थानीय सरकारलाई कोभिड विरुद्ध लड्नको लागि हेफर ईन्टरनेशनल नेपालले आज पाल्पाका तिन पालीकालाई आर्थीक सहयोग रकम हस्तान्तरण गरेको हो । हेफर ईन्टरनेशनल नेपालले पाल्पाका सवै पालिकाहरुमा जम्मा १ करोड ४९ लाख रुपैंया आर्थिक सहयोग गरेको हो । रामपुरको होटर श्रीनगरमा भएको कार्यक्रमा आज तिन वटा पालिका रामपुर नगरपालिका निस्दी गाउँपालिका र र्पुवखोला गाउँपालिकालाई १५।१५ लाखका दरले सहयोग रकम हस्तान्तरण गरेको छ ।
दुई नगरपालिका र ८ वटा गाउँपालिका सहित पाल्पाका १० वटा स्थानीयतहलाई महामारी विरुद्धको अभियानका लागि सहयोग गरिएको संस्थाका कार्यक्रम अधिकृत अनन्त सिल्वालले बताउनुभयो । आज तिन पालीकालाई सहयोग हस्तान्तरण कार्यक्रममा उदेश्य माथि प्रकास पार्दै सिल्वालले स्थानीय तहमा रहका स्वास्थ्य संस्था तथा आईसोलेसन निर्माण अक्सिजन खरिद, पिसिआर किट तथा एन्टिजेन किट खरिद, पिपिई, औषधी लगायतका सरसमान खरिदको लागि सहयोग रकम दिइएको सके सम्म देखिने दिगो हुने खालको काममा प्रयोग गरिदीनु हुन समेत आग्रह गर्नू भएको छ ।
पछौटेपन उन्मुलन समाज नेपाल बेश पाल्पाका कार्यकारि अधिकृत शालिकराम पाण्डेको स्वागत बाट सुरु भएको सहयोग कार्यक्रममा पाण्डेले बोल्दै विपत्तका बेला स्थानिय सरकार सगँ जोडिने र स्थानिय सरकारको प्रतिवद्धतामा ऐकेवद्धता जानाउन खोजेको बताउनु भएको छ । रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख थापाले बोल्दै कोरोना भाईरस शक्ति र रुप परिर्वतन गर्दै आईरहेको र हाम्रो देश र हाम्रो गाउँ पनि यस बाट अछुतो रहन सकेन र्पुव तयारि गर्न सकेनौँ हामी छिटो खुशि हुने र दुख सुख दुवै छिटो र्विसने बानीका कारण क्षेति ठूलो भएको छ । अहिले स्थानिय सरकारले कोरोना विरुद्धको खोप ल्याउन संघिय सरकार सगँ माग गरेको तर अनुमति पाउन नसक्दा समस्या उत्पन्न हुन सक्ने समेत बताउनु भएको छ ।
कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले प्राप्त सहयोगबाट सस्थाको उदेश्य र चाहाना अनुसार गर्ने बताउनु हुदै निस्र्वाथ, खुशि मन र सेवा भावले सहयोग गर्नु कैयौ पिपलको रुख रोप्नु भन्दा धेरै राम्रो भएको बताउदै सवै सहयोगीहरुलाई धन्यवाद दिनु भएको छ । त्यस्तै र्पुवखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बोल्दै गत वर्ष देखि सुरु भएको यो विपत्त चेैत्रमा नेपाल सरकारले गरेको निधेषाज्ञामा यो विपत्त सगँ लड्न रकम रकमान्तर गरेर व्यवस्थापन गरिरहेको बताउनु भएको छ । उहाँले जनचेतनाका कमीका कारण अझै पनी समस्या रहेको वताउनु भएको छ ।
विपत्त व्यवस्थापनका लागि ऐकेवद्धता जनाउदै हेफर ईन्टरनेशनल नेपालले विभिन्न साझेदार संघ सस्थां सगँ सहकार्य गरेको छ । ग्रामीण आर्थिक विकास संघ (रेडा) , पछौटेपन उन्मुलन समाज नेपाल , जनविकास तथा परिचालन केन्द्र नेपाल र समाज उत्थान सहयोग केन्द्र, पाल्पा सगँ सहकार्य गरेकोव छ ।
हाल विपत्तका बेला सवै पालिकाकालाई सहयोग गरेको हो जसमा तानसेन नगरपालिकालाई ४० लाख, रिव्दीकोट, तिनाउ, रम्भा, पूर्वखोला , निस्दी गाउँपालिका र रामपुर नगरपालिकालाई १५। १५ लाख, माथागढी गाउँपालिकालाई १० लाख, बगनासकाली गाउँपालिकालाई ४ लाख ५० हजार र रैनादेवीछहरा गाउँपालिकाको लागि ४ लाख ५० हजार रुपैया गरी १ करोड ४९ लाख रुपैयाँ सहयोग गरेको हो ।
यस सस्थांले देश भर १० करोड ३० लाख रकम सहयोग गरेको छ भने लुम्बीनी प्रदेशमा मात्र ५ करोड तिन लाख यसमा पनि पाल्पाका १० वटै पालिकामा सहयोग गरेको हो ।

पाल्पामा दोस्रो भेरियन्टको सक्रमण र मृत्यु दर उच्च रहेकाले कोभिडबाट बच्न र बचाउन स्थानीय सरकारलाई सहयोग गरिएको स्थानीय साझेदार संस्था ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यक्रम अधिकृत प्रेम बहादुर गोदारले जानकारी दिनुभयो ।यस वर्ष अन्य कार्यक्रम संचालन गर्न समस्या हुने भएकाले पनि संस्थाले कोरोना महामारीमा रकम सहयोग गरेको हो । कार्यक्रम रेडाका प्रेम बहादुर गोदारले संचालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७८ जेठ २८ गते २०:५२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology