नेपाली युवतीलाई भारतीय फौजमा लगिने,यौनशोषण र मनोरञ्जनका लागि भन्दै विरोध

Kandara News
प्रकाशित : २०७८ असार २ गते ११:२८

पाल्पा,असार २

नेपाली युवतीहरुले भारतीय सेनामा भर्ति हुन पाउने भएका छन् । नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै महिला सैनिक प्रहरीको लागि छनोट आव्हान गरेको हो ।भारतको अम्बाल,लखनउ, जवलपुर,बेलगाव,पुने र सिलांगमा भर्ति छनोट हुने सूचनामा जनाइएको छ । दूतावासको सूचनामा भर्तिमा जान चाहनेहरुले अनलाइनबाट आवेदन दिनसक्ने उल्लेख छ । जसका लागि http://joinindianarmy.nic.in मा गएर २० जुलाईसम्म आवेदन भर्न सकिने बताइएको छ ।

यसैबीच भारतले नेपाली युवतीहरुलाई पनि सेना भर्ती गर्ने निर्णय गरेपछि एमाले नेता डा. भीम रावलले विरोध गरेका छन् ।

डा. रावलले सम्झौता मिचेर नेपाली युवतीहरुलाई भारतीय सेनामा भर्ती गराउन खोजेको भन्दै विरोध जनाएका हुन् । उनले सार्वभौम देशले नागरिकलाई विदेशी सेनामा भर्ती नगराउने समेत बताए ।

उनले ट्विट गर्दै सम्झौतालाई मिचेर नेपाली महिलालाई विदेशी भाडाका सैनिक बनाउन नहुने बताए ।

यस्तो भन्दा महिलालाई ‘दास’ बनाउने भन्दै प्रश्न गर्नेहरुलाई उनले भारतीय सेनामा महिलालाई भर्ना गर्ने विषय नेपाललाई नै वाह्यशक्तिको ‘दास’ बनाउने चाल भएको आरोप लगाएका छन् ।

त्यस्तै ग्रेटर नेपाल अभियानका अगुवा फणिन्द्र नेपालले भा’रतीय सेनामा अहिले आएर नेपाली महिलाको खोजी हुनु दु’राश’यपूर्ण रहेको बताएका छन् ।

नेपाली महिलालाई समेत ल’क्षित गरेर खुलाइएको भर्ती नेपाल बेलायत र भारतबीच भएको त्रिपक्षीय सन्धीविपरीत रहेको समेत उनले उल्लेख गरे । नेपाली युवतीहरूलाई समावेश गर्न खोज्नु राम्रो नि’यतले हुँदै होइन,’ नेपालले भने, ‘यौ’न शो’षण र मनोरञ्जनका लागि मात्र हो ।’

उनले गो’र्खा भ’र्ती सम्बन्धमा नेपाल भारत र बेलायतबीच भएको त्रि’पक्षीय सम्झौतामा ‘गोर्खा ज’वान’ भनेर पुरुषलाई मात्रै ईं’गित गरिएको बताए । अहिले नेपालसँग कुनै सल्लाह नगरी महिलाका लागि भ’र्ती खुलाउनु ग’म्भीर विषय रहेको उनको टिप्पणी छ ।

नेपालले भने, ‘नेपाली पु’रुषजस्तो महिलाहरुले वि’श्वयु’द्ध ल’डे’र वी’रङ्ग’नाका रुपमा क’हलिएको अवस्था पनि होइन । त्यसैले यौ’न’शो’ष’णबाहेक अरु उद्देश्य हुनै सक्दैन । भा’रतीय दूतावासबाट जा’री भनिएको सू’चनाबारे सरकारले कू’टनीतिक च्या’नलमार्फत बु’झेर रो’क लगाउनुपर्ने उनको भनाइ छ ।


प्रकाशित : २०७८ असार २ गते ११:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology