समयमै पैसा नपाएपछि मजदुरहरुको बिचल्ली ।

भुवन सिंजाली
प्रकाशित : २०७८ असार २ गते १९:०८

पाल्पा,असार २
पाल्पाको हुमिन रिङ्नेरह ज्यामिरे सडक खण्डमा काम गर्ने मजदुर बिचल्लीमा परेका छन् ।
गत फागुन महिनादेखि पाल्पाको बाँसटारी-रहवास सडक खण्डमा पर्ने माडी क्षेत्र र हुमिन-रिङ्नेरह-ज्यामिरे सडक खण्डकाे देविनगर रिङ्नेरह क्षेत्रमा काम गर्दै आएका बर्दियाका २२ जना मजदुरहरु बेखर्ची भएर समस्यामा परेका हुन । काम गराउने ठेकेदारले पैसा नदिए पछि उनीहरु घर जान सम्म सकेका छैनन् । ” एक महिना भन्दा धेरै भयो काम गरेको,पैसा भाेलि भाेलि भन्दै ढाँटेकाे छ,अहिले सम्म दिएको छैन । झरिकाे समय बस्ने ठाउँ नहुँदा बाख्राकाे खाेरमा उपियाँ सुल्सुलेसङ्ग रात बिताउनु परेकाे छ। हिँजो खाना नभएकोले थाेरै चामलकाे खाेले बनाएर खायौं ।” मजदुर केशव परियारले भन्नुभयो । अर्का महिला मजदुरले रुँदै भन्नुभयो-” घरमा स- साना बालबच्चा छन् , आमा कहिले आउँनुहुन्छ भन्दै राेएका छन् ,घर जान पैसा पनि छैन हिँडेर जान पनि नसकिने खेत राेप्ने बेला भयो सारै दुःख पाइयो । कतैबाट भए पनि घर जान व्यवस्था मिलाइदिए हुन्थ्यो ।”
उक्त हुमिन ज्यामिरे सडक खण्डकाे नाली बनाउने सडक चाैडा गर्ने ,मेसिनरी वाल उठाउनकाे लागि पन्चकाेशी कनस्ट्रक्सन प्रा.लि. काठमाण्डौंले ठेक्का लिएको थियो ।मजदुरहरुलाई गाउँका कमल खत्रीले प्रत्येक महिनाकाे १ गते हिसाब हुने,खानबस्न राम्रो व्यवस्था हुने भन्दै ल्याएका थिए। यसबारे काम गराउने साइट म्यानेजर विजय लामासंग बुझ्दा उहाँले पन्चकाेशी प्रा.लि.सङ्ग काम गरेको हिसाब मिलाउन बुटवलमा ठेकेदारसङ्ग भेट्न जाँदा ठेकेदारले भेट्न नखाेजेकाेले मजदुरको पैसा दिन नसकेको बताएका छन् ।ठेक्का लिने ठेकेदारले भने विजय लामालाई पैसा अगाडी नै दिइसकेकोले अब बढीमा १ लाख ५० हजार मात्र रहेको र उक्त पैसा असार मसान्तपछि मात्र दिने भनेको छ।मजदुरहरुले ३ लाख भन्दा धेरै लिन बाँकी भएको बताएका छन्। उक्त सडक खण्डमा एक १३ वर्षिय बालकसमेत मजदुरमा प्रयोग गरेका पाईएको छ। ” पैसा दिन्छु भनेर ल्याएका हुन,घरमा पनि पैसाको समस्या परेकोले मजदुर गर्न बाध्य भएको हुँ।” बाल मजदुर नाबालक बसन्त खत्रीले भने ।
पुर्वखाेला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले मजदुरहरुको समस्याका बारेमा ठेकेदारसङ्ग कुरा भएको र माैसम सफा हुनासाथ घर पठाउन व्यवस्था मिलाउने र उनीहरुकाे पैसा पनि मिलाइदिने बताउनु भएकोछ।


प्रकाशित : २०७८ असार २ गते १९:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology