सिलुवा र अर्खलडाँडा क्षेत्रमा विद्युत अवरुद्ध

डिल्लीराज पंगेनी
प्रकाशित : २०७८ असार ५ गते १३:३२

अर्खलडाँडा,असार ५

पाल्पाको पूर्वखोला-३,अर्खलडाँडा लोड सेन्टरको विद्युत मेन सप्लाई मिटरबक्स जलेपछि त्यस क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ ।
पूर्वखोला सामुदायिक विद्युत वितरक संस्थाको अर्खलडाँडा लोड सेन्टरमा रहेको १०० हर्स पावरको मेन स्वीच  असार गत असार १ र २ गते परेको बर्षाका कारण जलेर नष्ट भएपछि करीब १८१ घरधुरी रहेको साबिक रिङ्नेरह गाविसको वडा नं.३ र साबिक सिलुवा गाविसको वडा नं.१ मा विद्युत सेवा अवरुद्ध भएपछि त्यस क्षेत्र सञ्चारविहिन हुन पुगेको छ ।


प्रकाशित : २०७८ असार ५ गते १३:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology