पूर्वखोल गाउँपालिकाको ९ औं गाउसभा समुद्घाटन, निति तथा कार्यक्रम ।।

Kandara News
प्रकाशित : २०७८ असार ११ गते ७:०६

पूर्वखोला गाउँपालिकाको नबौ आज सम्पन्न भएको छ । गाउँसभा बाट २०७८/०७९ को लागि ४५ करोड १४ लाख १५ हजार बरावरको अनुमनित वजेट प्रस्तुत भएको छ । निति तथा कार्यक्रममा गाउँपालिकाले सुखी गाउँबासी , समृद्ध पूर्वखोला लक्षका साथ अघि बढेको छ । पालिका भित्रका एक वडा एक उत्पादन , घर एक फलफुलका बोट अनेक , कृषि तथा पशु जन्य वस्तुहरु प्रवर्द्धन गर्दै सो को बजारिकरणको लागि पहल गर्ने , गाउँपालिका स्तरीय , विसादि रहित कृषि उपज उत्पादनमा प्रोत्सान गरिने , बांझो जमिन तथा सामुदायिक बन हरुमा पोषिलो घाँस उत्पादन गर्न प्रोत्साहित गरिने , साना सिपहरुको खोजि गरी संरक्षण तथा प्रवर्द्धनको लागि सिप विकासका तालिमहरुमा पहल गरिने छ ।
जमले क्षेत्रमा ढुंगा कटिङ उद्योग संचालानको लागि सम्भाव्यता अध्यन ,
आन्तरिक पर्यटनको लागि क्षेत्रगत आधारमा क्रमश प्रवर्द्धन गरिने तथा धार्मीक , एतिहासिक गुफा हरुको प्रर्वद्धन गरे निति राखेको छ । विद्यालय गुणस्तर सुधार र big school अवधारणा अनुसार थालनि गरिएको विद्यालय समायोजनको कार्यलाई दिगो र भरपर्दो वनाउन विभिन्न योजना तथा कार्यक्रम संचालन गरिने छ । आधारभुत विद्यालय सम्म इन्टनेट सेवा सुविधा , वडा मा १ वटा नमुना विद्यालय वनाउन आवश्यक निति अव्लम्बन गरिने , सबै वडामा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि पहल गर्ने ,
घर घरमा जनप्रतिनिधि र कर्मचारी सेवा , जेष्ठ नागरीक पूर्वखोलाको पेवा लाई ध्यान दिदै जेष्ठ नागरीक चौमासिक रुपमा घर घरमै स्वास्थ्य सेवालाई निरन्तरता दिइने छ ।
गाउँपालिकाको केन्द्र देखी वार्ड केन्द्रहरुलाई जोड्ने मोटर बाटोनाई सडक वर्गिकरणको आधारमा बाह्रै महिना सवारी संचालनको लागि सडकहरुको स्तरोन्नति गरिनेछ ।
पूर्वखोला गाउँपालिकाले कोविड १९ व्यवस्थापनको तथा कोविड १९ बाट प्रभावित व्यत्तिहरुलाई विशेष अनुदादन सहित विभिन्न कामहरु गर्दै आई रहेको छ । पूर्वखोला गाउँपालिकाले कृषि विकास , पशु सेवा , सहकारी , जलस्रोत तथा सिचाई , पर्यटन विकास उद्योग , भुमि व्यवस्थापन , आपुर्ति ३ करोड ४३ लाख ६५ हजार २ सय ६ रुपैया बराबरको प्रस्तावित व्याय विवरण प्रस्तुत गरेको छ । पूर्वाधार विकास ७ करोड ५० लाख सामाजिक विकासमा ४ करोड ९० लाख ५० हजार , शुसासन तथा अन्तरसम्बन्धित ५ करोड ९० लाख विविधमा न्यिक समिति , वन अथा बातावरण , लगाएतमा प्रस्तावित बजेट प्रस्तुत गरेको छ ।


प्रकाशित : २०७८ असार ११ गते ७:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology