पुर्व बालविकास कक्षा संचालनको लागि अन्तरक्रिया सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७८ असार १९ गते २१:३५

पुर्व बालविकास कक्षा संचालनको लागि अन्तरक्रिया सम्पन्न ।
आषाढ १९ रमा भण्डारी रामपुर पाल्पा

रामतुलसी माध्यामिक विद्यालय रामपुर पाल्पाको बैठक तथा अन्तरक्रिया कार्यक्रम भएको छ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौड्यालको अध्यक्षतामा भएको कार्यक्रमको विद्यालयका प्रधानध्यापक बालकृष्ण लम्सालले अन्तरक्रियाको उदेश्यमाथि प्रकाश पार्नुृ भएको हो ।सर्वदलिय सर्वपक्षिय अन्तरक्रिया कार्यक्रममा विद्यालयले अव नमुना विद्यालय अनुदान सहयोग कार्यक्रम अन्तर्गत प्रविधिमैत्री सुविधा सम्पन्न पुर्व बालविकास कक्षा तथा मन्टेश्वरी संचालनमा ल्याउन का लागि अन्तरक्रिया गरेको हो । कार्यक्रममा विद्यालय व्यावस्थापन समिति पधाधिकधारी ,शिक्षक अभिभावक संघका पधाधिकारी ,रेग्मी गुठि गुरुप्रसाद रेग्मी लेखनाथ रेग्मी ,राजनितिक दल नगर अध्यक्ष राजेन्द्र प्रसाद लम्साल ,नेपाली काँग्रेस वडा सभापति केशर बहादुर खाँण ,पुर्व विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हरु ऋषिराम भट्टराई,कृतिनाथ श्रेष्ठ देविप्रसाद डोटेल मित्र अक्षयकोषका संरक्षक सारस्वती डोटेल ,समाजसेवि बुद्धिजिवि पुर्व शिक्षक ,शिक्षाप्रेमिहरुले शुझाव सहितको आफ्ना भनाइ राख्नु भएको थियो ।
सहभागिले पालैपालो बोल्दै शैक्षिक तथा भौतिक क्षेत्रमा अगाडि बढ्दै गएको विद्यालयले सुविधा सम्पन्न प्रविधिमैत्री मन्टेश्वरीको धारणा ल्यायर अहिले संचालनको लागि शुरुगर्नू अति महत्वपुर्ण रहेको बताउदै अव वि एस सि संचालनको लागि पनि लाग्नु पर्नै धेरै सहभागिले शुझाव राख्नु भएको छ । सरकारी विद्यालय रहेकोले न्युन शुल्कमा विद्यालयले आधार तय गरी घेराबारमा रहेर भौतिक संरचना निर्माणको कुनै पनि शुल्क अभिभावकसग नलिएर पुर्व बालविकास कक्षा संचालन गर्नै लागेको प्र अ लम्सालले बताउनु भएको छ । मन्टेश्वरी तर्फ प्ले ग्रुव नर्सरी र केजि गरी तिन वटा कक्षा संचालन हुने र आवश्यक स्टेशनरी खेलौना लगायतका सामाग्री समेत ल्याइसकिएको छ । विद्यालयले ६ वर्ष नपुग्दै कक्षा १ मा विद्याथि पुयाउने लक्ष्य लिएको विद्यालय व्यास्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौड्यालले बताउनु भएको छ । पुर्व बालविकास कक्षामा शिक्षक र विद्याथिको सम्वन्ध नङ र मासुको जस्तो बनाउने भन्दै करिव ढाइ रोपनी जग्गामा खाजाघर,खेलमैदान मन्टेश्वरी निर्माण भएको बताउनु भयो । कार्यक्रममा स्वागत समितिका सदस्य दुर्गा देवि रानाले गर्नु भएको कार्यक्रमको संचालन शिक्षक लेखनाथ मरासिनीले गर्नु भएको हो ।


प्रकाशित : २०७८ असार १९ गते २१:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology