राम्चे सामुदायिक बनले उपभोक्तालाई फलफुलको विरुवा वितरण।

रमा भण्डारी
प्रकाशित : २०७८ असार १९ गते २१:३८

राम्चे सामुदायिक बनले उपभोक्तालाई फलफुलको विरुवा वितरण
अषाढ १९ रमा भण्डारी रामपुर पाल्पा
रामपुर नगरपालिका वडा नम्वर ५ मा रहेको राच्चे सामुदायिक बन उपभोक्ता हरुलाइ फलफुलको विरुवा वितरण गरेको छ । आज एक कार्यक्रमका विच उपभोक्ता हरुलाइ विरुवा वितरण गरेको छ । बन समुहले भुक्षय तथा जलाधार व्यवस्थापन कार्यालय पाल्पाको सहयोगमा प्राप्त एक हजार दुइसय आँप लिचि र कागतिको विरुवा वितरण गरेको हो । राम्चे सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष दयाराम गैह्रेको अध्यक्षतामा भएको विरुवा वितरण कार्यक्रममा ३ सय २१ घरधुरीका उपभोक्ताहरुलाइ आँप लिचि र कागतिको एक एक वटा विरुवा गरी प्रति उपभोक्ता ३ वटा विरुवा वितरण गरेको हो । आजभोलि फलफुललगाउन तर्फ उपभोक्ताहरुको आकर्षण बढेको छ । वितरण कार्यक्रममा सामुदायिक बन महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बोल्दै बाताबरण संरक्षण गर्ने बन समुहले प्रत्येक उपभोक्तालाइ विरुवा वितरण गरेको र अहिले फलफुल लगाउन कार्यमा उपभाक्ता आक्रषित भउको बताउनु भयो । राम्चे सामुदायिक बनले रामपुर नगरपालिका वडा नम्वर ८ मा रहेको रानीबन सामुदायिक बनलाइ पनि विरुवा उपलव्ध गराएको छ । राम्चे सामुदायिक बन उपभोक्ता समुह ले गएका वर्षमा विभिन्न जातका चिउरी,टाकी,अमला ,दालचिनि,लगायतका थुपै विरुवा लगाएको छ भने सामुदायिक बनले अम्रिसो लगायर बाषिक आम्दानि गदै आएको छ ।


प्रकाशित : २०७८ असार १९ गते २१:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology