आदिवासी जनजाति समन्वय समिति वीरकोटद्वारा सांगीतिक सामाग्री वितरण

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ असार २१ गते १९:२९

पाल्पा,वीरकोट

२०,असार

आदिवासी जनजाति वडा समन्वय समिती पूर्वखोला गाउँपालिकाका वडा नं.-५,वीरकोटले विविध सांगितीक सामाग्रीहरु वितरण गरेको छ ।
आ.व. २०७७/०७८ को लक्षित वर्ग कार्यक्रम अन्तरगत आदिवासी जनजाति उत्थान कार्यक्रमका लागि बिनियोजित रु १ लाख २० हजार मार्फत विभिन्न सामाग्रीहरु खरीद गरी साबिकका ९ वटै टोलमा वितरण गरेको छ । कोभिड-१९ को महामारीका कारण कुनै पनि सीप तथा चेतना मुलक कार्यक्रम गर्न सम्भब नदेखिएको कारण समितिले वडाभित्र बसोबास गर्ने सम्बन्धित जातिय समुदायको आ-आफ्नो सांस्कृतिक,संस्कार सभ्यताको पहिचानका आधारमा लोप हुन लागेका घाटु नाच ,ठूलो नाच (नाचन),कढुवा नाच (कौडा) र झ्याउरे नाच जस्ता नाचलाई संरक्षण ,सम्बर्धन गर्ने उद्देश्यका साथ आवश्यक पोशाक तथा सामाग्रीहरु खरिद गरि वितरण गरिएको अध्यक्ष जयराम श्रेष्ठले बताउनुभयो । जस अन्तरगत वशा टोललाई घाटु नाचको पोशाक ,स्याफत टोललाई ठूलो नाच (नाचन) को पोशाक , हटिया टोललाई लाखे नाचको पोशाक तथा अन्य टोलहरुलाई मादल, ढोलक , झ्याली,जन्जीर जस्ता सामाग्रीहरु खरीद गरि वितरण गरेको कुरा आदिवासी जनजाति समन्वय समितिका सचिव प्रेम बहादुर बारघरेले जानकारी दिनुभयो।


प्रकाशित : २०७८ असार २१ गते १९:२९

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology