केराबारी नजिकै हिउँदेखोलामा पहिरो,१ को मृत्युु १ बेपत्ता,सिद्धार्थ राजमार्ग अवरुद्ध

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ असार २४ गते ९:२७

पाल्पा, असार २४
पाल्पाको तिनाउँ गाउँपालिका ५ केराबारी नजिकै गएको पहिरोले ५ घर पुरिदा १ जनाको ज्यान गएको छ । एक बालक बेपत्ता भएका छन् ।
कल्याणी आधारभुत बिद्यालय नजिकै रहेको हिउँदे खोलानिर भएको घटनामा अन्दाजी ४५ बर्षिय बीर बहादुर गुरुङ्गको घटना स्थलमै ज्यान गएको हो । पहिरोले पुजा परियारका छोरा ८ वर्षिय बालक आरब परियार बेपत्ता छन् । बिहान साढे ३ बजे तिर आएको पहिरोले हरी दर्लामी, सुजा परियार, नरबहादुर राना, बीर बहादुर गुरुङ्ग र बल बहादुर पुनको घर पुरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । पहिरोले घाईते भएकाहरुलाई कल्याणी आधारभुत बिद्यालयमा राखेर उपचार भैरहेको र बिस्थापित हरुलाई पनि सोही बिद्यालयमा राखिएको स्थानीयले जनाएका छन् ।
हिजो राती देखि निरन्तर रुपमा परेको पानीले पाल्पा बुटवल सडकको सिद्धार्थ राजमार्ग समेत बन्द भएको छ । पहिरो हटाएर बन्द बाटो सुचारु गर्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७८ असार २४ गते ९:२७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology