६ वषिय ब्लड क्यान्सर बालक रानालाई सहयोग जुटादै रामपुरका संघसस्थाहरु

रमा भण्डारी
प्रकाशित : २०७८ असार २७ गते १८:५०

६ वषिय बालक रानालाई सहयोग जुटादै रामपुरका संघसस्थाहरु ।।
असार २७ रमा भण्डारी रामपुर पाल्पा

अकित राना बचाउ अभियानमा आज विभिन्न संघ सस्था र विभिन्न व्यक्तिबाट सहयोग रकम संकलन भएको छ । रामपुर नगर पालिका वडा नम्वर ५ राना टोल बस्ने बाबा प्रेम बहादुर राना र आमा लिला रानाको ६ वषिय छोरा अंकित रानाको ल्वड क्यान्सर भएको रिपोर्ट आएको र उपचारमा समस्या आए पछि बचाउ अभियान शूरु गरेको हो । उपचारमा रामपुर नगरपालिका एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा आइस ल्वड कोष रामपुर लगायत विभिन्न संघसस्थाहरुले अंकित राना बचाउ अभियानमा सहयोग गरेको छ । रामपुर नगरपालिकाले यस भन्दा अगाडि १ लाख बराबरको सिफारिस गरि सकेको र आज विपद व्यास्थापन कोषबाट नगद १५हजार अकित रानाको उपचारको लागि सहयोग गरेको हो । रामपुर नगरपालिका भित्र बसोबास गर्नै उपचारमा समस्या परेका विभिन्न रोगबाट अस्पतालको शैयामा छटपटाइ रहेका नागरीक हरुलाइ सहयोग गरेको छ । नगर पालिकाले ल्वड क्यान्सर ,मुटुका रोगि किड्नी फेल भएका जस्ता विरामि हरुलाइ सहयोग गदै आएको नगर प्रमुख रमण बहादुर थापाले बताउनु भएको छ ।
,
अकित राना बचाउ अभियानमा भुपु शैनिक राइजिङ स्कुल रामपुर ५ मटेरीका व्वयवस्थापन समितिका अध्यक्ष क्या देव बहादुर थापा मस्राङगी र विद्यालयका शिक्षक स्टाफबाट संकलित रकम ५६हजार ,मात्रृभुमि मगर समुह रामपुर ५ बाट ४७हजार ३ सय ५ रुपैया ,आयुष ल्वड क्यान्सर कोष रामपुर बाट १५ हजार रुपैया र कोषका संयोजक बुद्धिप्रकास रेग्मीले व्यक्तिगत रुपमा २५सय सहयोग गर्नु भएको कोषका दिपेन्द्र भट्टराइले जानकारी दिनुभएको छ । बचाउ अभियानलाइ सफल बनाउन र आजका बालबालिका भोलिका देशका कर्णधार हुन भन्दै आयुष ल्वडकोष रामपुर ले २०७४ साल देखि कोष खडा गरेर १८ वर्ष मुनिका यस्ता जटिल खालका विरामिलाइ सहयोग गदै आएको कोषका संयोजक रेग्मीले बताउनु भएको छ । बचाउ अभियानमा रामपुर नगरपलिका वडा नम्वर ५ रानाटोल बस्ने सुर्य बहादुर राना मार्फत ३४हजार ४५ रुपैया जम्मा गरी अकित रानाको परिवारलाइ प्रदान गरेको छ । विरामी अकितको अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको र उपचारमा धेरै रकम लाग्ने भए पछि सहयोग जटाउन रामपुरका विभिन्न संघसस्था र नागरीक हरु लाग्नु भएको छ ।
अकित बचाउ अभियानमा आज एक कार्यक्रमका विच परिवारलाइ बैकमा जम्मा गरेको भौचर प्रदान गरेको हो । नगरपालिकाको हलमा भएको रकम हस्तान्त्रण कार्यक्रममा एकिकृत मगर समाज रामपुरका अध्यक्ष राम बहादुर हिस्की ,उप संयोजक नरेन्द्र कुमार जर्घा ,अव्यवस्थीत घडेरी समस्या समाधान आयोगका जिल्ला सदस्य दुर्गा देवि राना व्यास्थापन लगायतले बोल्दै ६ वषिय बालकको उपचारमा सबैको सहयोग अपरिहार्य छ भन्दै थोपा थोपा मिलेर नदि बन्छ भने जस्तै सबैको सानो सानो सहयोगले अकितको उपचारमा सहयोग हुन्छभन्दै सहयोगको लागि सबैलाइ अनुरोध गर्नु भएको छ ।
अकित बचाउ अभियानमा सबैले आ आफ्नो ठाउबाट सहयोग गरिदिनु हुन परिवारले अनुरोध गरेको छ । चैतको अन्तिम साताबाट उपचार शुरु भएको अकितको लामो समय उपचार गर्नु पर्नै डाक्टरको सल्लाह भएको र घरबाट उपचार गदैजादा समस्या आएकाले सबै सग सहयोग गरीदिन अनुरोध गर्नु भएको छ । रानाको उपचारका लागि वडा नम्वर ५ का वडा सदस्य माया नेपालीले ६ हजार रुपैया र सावित्रा गौतमले १हजार सहयोग गर्नु भएको छ । उपचार खर्चको लाागी अहिलेसम्म २ लाख ३३ हजार ३ सय ५ रुपैया जम्मा भएकाे एकीकृत मगर समाजका सचिव राम बहादुर रानाले बताउनु भएकाे छ ।


प्रकाशित : २०७८ असार २७ गते १८:५०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology