देवीनगरको विभिन्न स्थानमा पहिरो,जनजीवन कष्टकर

भुवन सिंजाली
प्रकाशित : २०७८ साउन ५ गते १८:१७

पाल्पा,देवीनगर

साउन ५

पुर्वखाेला गाउँपालिकाको वडा नम्बर ४ देविनगरका विभिन्न ठाउँमा पहिराे खस्दा माेटरबाटाे अवरुद्ध भएको छ ।देवीनगर-झडेवा जाेड्ने सडककाे मुनटुङमा माथिबाट ठुलो पहिराे खस्दा मानिस समेत हिड्न मिलेको छैन । त्यस्तै तावादीमा ठुल्ठुलाे ढुङ्गा सहित पहिराे खसेका कारण समाङ्सिङ, धापखाेलामा सवारी साधन सञ्चालन नहुँदा विद्दुतकाे ट्रासफर्मर ढुवानी हुन सकेको छैन ।ट्रासफर्मर जडान नभएपछि त्यहाँका जनताहरु विगत पन्ध्र दिन देखि विद्दुत र यातायात सेवाबाट बन्चित भएका छन् ।पुर्वखाेला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा,देविनगर वडाका अध्यक्ष रिम प्रसाद श्रेष्ठले पहिराेकाे स्थलगत अनुगमन गर्नुहुँदै माैसम सफा भए २/४ दिनमा माेटरबाटाे खाेलिदिने बताउनु भएकाे छ ।सवारी साधन सन्चालन नहुँदा बिरामीहरुलाई मान्छे लगाएर बाेकाउनु पर्ने खाद्यान्न लगायतका सामाग्री धेरै ढाटाबाट बाेक्नु पर्दा पैसा र समयकाे नाश भएको केराैलीका स्थानीय बासिन्दा लाल बहादुर दर्लामीले गुनासो सुनाउनुभयो ।देविनगरकाे मुन्टुङ क्षेत्रमा गत वर्ष निर्वाचन क्षेत्र विकास काेषकाे बजेटबाट १० /१२ मिटर सडक चाैडा भएको थियो । त्यस क्षेत्रमा कमजोर माटो भएकोले हिउँदको समयमा पनि पहिरो खसिरहन्छ ।यस बर्खामा २/३ पटक पहिरो सफा गरि सकेपनि पहिराे नराेकिँदा समस्या थपिएको देविनगर वडाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।‎


प्रकाशित : २०७८ साउन ५ गते १८:१७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology