मनोसामाजिक समस्या तथा हिंसात्मक घटना अभिमुखिकरण कार्यक्रम सम्पन्न

माया बस्याल
प्रकाशित : २०७८ साउन १६ गते १८:१८

१६, साउन

कसेनी,पाल्पा
माथागढी गाउँपालिका वडा नम्बर २ र ३ का महिला अगुवा तथा स्वास्थ्य स्वयंसेविका बीच मनाेसामाजिक समस्या तथा समुदायमा हुने हिंसात्मक घटनाका बीच अभिमुखीकरण कार्यक्रम कसेनी वडा कार्यालयमा सम्पन्न भएको छ।

कार्यक्रमका अवसरमा सिद्धार्थ सामाजिक विकास केन्द्रका फाेकल पर्सन सन्ताेषी नेपालीले समाजमा हिंसात्मक घटना धेरै नै भएको तर बाहिर नआएकाे,लुकाएर राखिएको साथै अब हिंसात्मक घटना बाहिर ल्याउन सबै समुदाय एकजुट भएर लाग्नु पर्ने कुरामा जाेड दिनुभएको थियो ।
कार्यक्रमकै अवसरमा माथागढी गाउँपालिकाका मनाेसामाजिक परामर्शकर्ता माया बस्यालले समुदायमा धेरै मनाेसामाजिक समस्या,हिंसाका घटना तथा तनावग्रस्त वातावरण रहेको भएपनि बाहिर आउन नसकेका माथागढी गाउँपालिका भित्र भएका समस्यात्मक घटनालाई बाहिर ल्याउन धेरै काेशिस गरिएको बताउनुभयो । उहाँले समस्या थाहा पाउने बित्तिकै गाेपनियता कायम राखेर सम्बन्धित क्षेत्रमा जानकारी तथा परामर्श सेवा प्रदान गरिएकाे समेत जानकारी गराउनुभयो । बस्यालले सहभागी सबैलाई यस्ता घटना थाहा पाए पैसा नलाग्ने टेलिफाेन नम्बर १६६००१०००४७ वा आपतकालीन सेवाका लागि प्रहरी कार्यालयको १०० नम्बर साथै बालबालिकालाई उद्दार गर्ने फाेन नम्बर १०९८ मा फाेन गरिदिन साथै सम्बन्धित क्षेत्रमा जानकारी गराउन समेत आग्रह समेत गर्नुभएको छ ।

माथागढी २ रुप्से स्वास्थ्य स्वयंसेवीका मिना कुमारी थापाले समुदायमा यस्ता हिंसात्मक घटना हुने गरेको तर कतिपय अवस्थामा आफूहरुलाई समेत कहाँ कसलाई फाेन गर्ने जानकारी गराउने भन्ने थाहा नहुँदा समस्या भएकोमा यस अभिमुखीकरण कार्यक्रमले जानकारी गराएकोमा धन्यवाद समेत दिनुभएको थियोे ।

कार्यक्रमकै अवसरमा माथागढी ३ कसेनी स्वास्थ्यचाैकी स्वयंसेवीका भवानी रानाले आफूहरुले समुदायमा धेरै काम गरेता पनि सहयोग गर्ने निकाय नपाउँदा उद्दार गर्न नसकेकोमा अब यस्ता घटना समुदायमा देखे सुनेमा तुरुन्तै सम्बन्धित स्थानमा जानकारी गराउने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रकाे आयाेजना तथा माथागढी गाउँपालिकाकाे समन्वयमा सम्पन्न भएको हाे।


प्रकाशित : २०७८ साउन १६ गते १८:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology