पूर्वखाेला गाउँपालिका अध्यक्ष सामु स्ववियु काे ध्यानाकर्षण पत्र

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ साउन २४ गते २१:२०

पूर्वखाेला गाउँपालिका अध्यक्ष सामु स्ववियु काे ध्यानाकर्षण पत्र
साउन , २४
पूर्वखाेला गाउँपालिका मा उद्बुद्ध कलेज स्वतन्त्र विद्यार्थी युनियन द्वारा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापालाई भेटेर यात्रु भाडा दर महङो भएको भन्दै पूर्वखोला गाउँपालिका गाउँपालिकाको कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन ,
काेभिड १९ काे दाेस्राे लहर का कारण विश्व नै अाक्रान्त बनी रहेकाे बेला नेपाल काे अन्य जिल्ला जस्तै पाल्पा जिल्ला पनि काेभिड का कारण पुण लकडाउन रहेकाे र नागरिक काे जनजिवन सामान्य बनाउन भनेर पाल्पा जिल्ला मा सम्पुण सार्वजनिक यातायात स्वास्थ्य काे पुण पालना गरि सन्चालन मा अाए संगै पाल्पा जिल्लाको पूर्वखाेला गाउँ पालिका भित्र बाट सन्चालित विभिन्न सार्वजनिक सवारि साधन ले यात्रु हरु सित अाफु खुशि भाडा मनपरि लिने व्यापक जनगुनासाे कारण यस्काे नियमन काे लागि पूर्वखाेला गाउँपालिका मा उद्बुद्ध कलेज काे स्ववियु सभापति नविन आचार्यले पूर्वखाेला गाउँपालिका मा पूर्वखाेला गाउँपालिका अध्यक्ष नुन बाहादुर थापा लाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ । पत्र बुझ्दै उहाले यस बिषयमा बुझेर भाडा दर रेटमा एकरुपता ल्याउन पहल गर्ने अध्यक्ष थापाले बताउनु भयो ।

रिङ्गनेरह बाट तानसेकाे लागि पूर्व भाडादर रु २०० भय पनि अहिले रु ४०० देखि रु५०० सम्म र बुटवल काे लागि रु३०० भाडा भयपनि रु१००० सम्म भाडा लिने गरेकाे यात्रु एक स्थानिय युवकले कन्दरा न्युजलाई जानकारी गराउनु भएको छ । स्ववियु द्वारा पूर्वखोला गाउँपालिका संगै ईलाका प्रहरी कार्यालय पूर्वखाेला लाई समेत ध्यानाकर्षण पत्र बुझाएको छ ।


प्रकाशित : २०७८ साउन २४ गते २१:२०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology