गाउँ बस्तिको बाटो हिलाम्मे र पहिरो ले टोल टोल पुन्ने गाढी मुल बाटो सम्म मात्र । साउन, २५
पूर्वखोला गाउँपालिका धेरै जसो टोल मा पुग्ने बाटो हरु कक्चि सडक भएर जानु पर्दछ आर्य – रामपुर मोटर बाटो बाट छुट्टीए र धेरै शाखा बाटो हरु रहेका छन । धेरै टोल सम्म पुग्ने मोटरबाटो हरु बर्खाले बाटोमा यातायातका साधन हरु गुड्न सकिरहेका छैन्न गाडि गुड्ने सडक हरु पनि हिलाम्मे छन ।
पूर्वखोला -५ विर्कोट कर्नेडाडा मा स्थानीयको पहलमा सेर्काबास – फुरुङ्दी कर्नेडाडा सम्मको बाटो सुचारु भएको छ ।
( तस्वीर अमृत काम्मु ) स्याफत देउराली – अर्खलडाँडा – अल्किचौर -तामाखानी मोटरबाटो बिच बिच्चमा पहिरो गएको कारण करीब ११ किलोमिटर बाटो विरामि भए पनि टाड बनाए र नै लौजानु पर्ने बाध्यता छ । अझै यस भेगमा कोविड -१९ को विरामि हरु होम आइसुलेसनमा नै रहेका छ्न । उनि हरुलाई स्वास्थ्यमा समस्या आए न त एम्बुलेस चल्छ नत अरु गाडिनै विरामी बोक्ने साधनको रुपमा मोटरसाईकल प्रयोग हुदै आईरहेको छ । यसले गर्दा पनि कोविड संक्रमण बढ्ने खतरा देखिन्छ ।
पूर्वखोला गाउँपालिका -५ कै
जन्ता मार्ग मोटर बाटो खुल्न सकेन। बिरकोटको गेझा बर्दलेय जन्ता मार्ग मोटर बाटो बर्षातको कारणले हिलो र पैरो गई बन्द रहेको छ । घरको आगनबाट मोटर हिड्ने बाटो भएतापनि बर्षातको पानीले ठाउँ ठाउँमा बाटो हिलो र पैरो गएको कारणले गाडी नचलेर अस्पतालबाट डिसचार्ज भई आएको दुईदिनको सुत्केरी आमा बिरकोट वडा भवन देखि थुम्बाससम्म दुई घण्टा सम्म हिडेर जानू पर्ने बाध्यता भएको जानकारी गर्नुभयो। गाडी हिड्ने मोटर बाटोमा मान्छे हिड्न पनि अप्ठ्यारो परेकोले यस बाटो निर्माणकार्य प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गरीयोस भन्दै दुई दिनको सुत्केरी आमाले आफ्नो गुनासो पोख्नु भयो । आफूले जस्तै अरु बिरामीले दु:ख र कष्ठ भोग्न नपरोस उहाले भन्नु भयो ।
तस्विर : सिमा श्रष्ठ
प्रकाशित : २०७८ साउन २५ गते १८:०२
Facebook Comment