स्ववियु काे ध्यानाकर्षण पत्र पछि यातायात व्यवसायी संग सलफल । रिङ्नेरहमा टिकट काउन्टर खुल्ने ।।

Kandara News
प्रकाशित : २०७८ साउन २७ गते २२:५१

स्ववियु काे ध्यानाकर्षण पत्र यातायात व्यवसायी संग सलफल ।

पूर्वखाेला गाउँपालिका काे उद्बुद्ध कलेज  स्ववियु ले पूर्वखाेला गाउँपालिका समक्ष दिइयकाे ध्यानाकर्षण पत्र मथि सम्बन्धित पक्ष हरु काे उपस्थिति मा छलफल भयकाे छ । पूर्वखाेला गाउँपालिका भित्र चल्ने सार्वजनिक सवारि साधन हरुले मनपरि भाडा असुलि गरेकाे व्यापक जनगुनासाे पछि उद्बुद्ध कलेज स्ववियु सभापति नवीन अाचार्य ले पूर्वखाेला गाउँपालिका र ईलाका प्रहरी कार्यालय पूर्वखाेला गाउँपालिका मा ध्यानाकर्षण पत्र दिनुभयकाे थियाे साेहिपत्र अनुसार अाज गाउँपालिका मा पूर्वखाेला गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष, प्रमुख प्रसासकिय अधिकृत, याेजना साखा प्रमुख ,स्ववियु सभापति , श्रिनगर यातायात ब्यवसाय समिति का पदाधिकारी , यातायात ब्यवसाय धनी हरु र ईप्रका का प्रतिनिधि हरु बिच बैठक बसि छलफल सम्पन्न भयकाे छ । पूर्वखाेला देखि तानसेन सम्म काे र बुटवल सम्म काे भाडा पहिलेकाे भाडा मा नेपाल सरकारकाे २८ प्रतिशत बढाइ भाडा दर कायम गरियकाे छ तानसेन देखि पुर्वखाेला सम्म काे भाडा पहिले २३० रहेकाे र अहिले २९० रहने गरि समजदारि भयकाे छ । तेस्तै बैठक मा यातायात ब्यवसायि रामु अाचार्यले निजि साधन ले यात्रुबाेकेकाे कारण हामी मारमा परेर यसाे गर्नु परेकाे बताउनु भयकाे छ । यस्मा गाउँपालिकाले समन्वयन गर्ने गाउँपालिकाकाे अध्यक्ष ननु बहादुर थापाले बताउनु भयाे भने यस्काे कार्यान्वयन ईलाका प्रहरी कार्यालयले गर्ने गराउने निणय भयकाे छ । सङ्गै भाडा एकरुपता कायम गर्न रिङ्नेरहमा टिकट ब्यवस्था समेत १ हप्ता भित्र गर्ने निर्णय भयकाे छ । अब देखि निम्म भाडा दरमा सवारि नचलाय नेपाल सरकारकाे नियम अनुसार कार्वाही गर्ने भनी श्रीनगर यातायात ब्यवसायि समितिका सचिवले बताउनु भयकाे थियाे।

पूर्वखोला गाउँपालिका हेक्लाङ खुमडाडा , देवीनगर , जल्पा , जल्पाको ढोलीमारा, रिङ्नेरह, विरकोटको आफरडाडा , कर्नेडाडा , सिलुवा , तामाखानी लगाएत केन्द्र भएर यातायात दैनिक रुपमा तान्सेन बुटवल छुट्ने गरेको छन तर भाडा रेट भने सबै गाडी हरु टासेको पाईन्न ।


प्रकाशित : २०७८ साउन २७ गते २२:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology