किवि संगै तरकारी खेती गर्दै जल्पा ढोलीमाराका किसान ।।

माधव पाण्डे
प्रकाशित : २०७८ साउन २७ गते २३:०६

पूर्वखोला गाउँपालिका २ जल्पा ढोलीमारमा सामूहिक किवि खेती विस्तार गरिएको छ । समुदायकै सक्रियतामा २० हेक्टर क्षेत्रफलमा रहेको अम्रिसो खेतीलाई पनि गाउँकै गहना र आर्थिक स्रोतको रूपमा लिन सकिन्छ भने । गत साल ८ रोपनी क्षेत्रफलमा १८० बोट किविको बिरुवा लगाएको थियो । किविले फल दिन ३ देखि ४ वर्षमा लाग्ने हुँदा विरुवाको विच विचमा ब्रोकाउली,बान्दा,खुर्सानी जस्ता घुसुवा नगदे बाली लगाएको छ। ६३ जना कृषकहरू सहभागी रहेको यस समूहमा कृषि समुहको सकृयता र पूर्वखोला गाउँपालिका कृषि शाखाले बिरुवा, सहयोग गरेको समूहका अध्यक्ष पहल सिँ घर्तीले जानकारी दिनु भयो। उत्पादन भएपछि ३ सय देखि ८ सय रूपियाँ प्रति केजीमा बिक्री हुने बताइएको अध्यक्ष घर्तीले बताउनु भयो । यस खेती बाट न्युन आर्थिक अवस्था हुनेको लागि घरखर्चमा सघाउ पुग्ने, श्रम गर्नेहरूको लागि स्वरोजगारको माध्यम ,पर्यटकियहरुको लागि मनमोहक बनाउने लक्ष्य रहेको अध्यक्ष घर्तीले जानकारी दिनु भयो।


प्रकाशित : २०७८ साउन २७ गते २३:०६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology