बर्षाले गर्दा रोकीएको देवीनगरको टोलटोल सम्म पुग्ने मोटरबाटो खुल्यो ।

भुवन सिंजाली
प्रकाशित : २०७८ साउन २९ गते १९:५३

पूर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगरकाे टाेल टाेलमा जाने माेटरबाटाे पुर्ण रुपमा सन्चालनमा अाएकाे छ। वर्षाका कारण पहिरो जाने खाल्डाखुल्डी भए पछि माेटरबाटाे अबरुद्ध भएको थियो ।पहिराेलाइ हटाउदै खाल्डाखुल्टी पुरे पछि गाडी पुर्णरुपमा सन्चालनमा अाएकाे छ । गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले सबै जनतालाई यातायातकाे सुविधामा कमि हुन नदिने गाउपालिका भित्र सन्चालनमा रहेका सबै माेटरबाटाेहरु कुनै पनि अवस्थामा बन्द हुन नदिने बताउनु भएको छ । १५/२० दिन देखि बन्द रहेको माेटरबाटाेहरुमा पहिराे हटाएपछि हाल देविनगरकाे सबै टाेल टाेलमा गाडी सन्चालनमा अाएकाे छ। देविनगर वडाका अध्यक्ष रिम प्रसाद श्रेष्ठले माेटरबाटाेकाे पहिरो हटाउन गाउपालिका र सडक विभागलाई अनुरोध गरेकाे बताउनुभयो । पूर्वखाेला गाउपालिका र माथागढि गाउपालिका जाेड्ने एक मात्र मुख्य सडक देविनगरकाे काफलडाडा देखि कराैलि सम्मकाे क्षेत्रमा ठुलाे मात्रामा पहिरो जादा दुई गाउपालिका जान अाउन समस्या भएको थियो उक्त क्षेत्रमा सडक विभाग र पूर्वखाेला गाउपालिकाकाे दुईवटा जिसिविबाट पहिरो हटाइ रहेको छ । माेटरबाटाे सन्चालनमा अाएपछि खाद्यान्न ,उत्पादन भएको तरकारी ,विरामि ,निर्माण सामाग्री दुवानि गर्न सजिलाे भएको माथिल्लो लेमधेमका तरकारी उत्पादक व्यवसायी इन्द्रबहादुर रानाले बताउनु भएको छ।


प्रकाशित : २०७८ साउन २९ गते १९:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology