नेकपा एमाले देवीनगर वडा कमिटीकाे भेला सम्पन्न

भुवन सि‌जाली
प्रकाशित : २०७८ भदौ १ गते १९:४७

देवीनगर,भाद्र १

नेपाल कम्युनिस्ट पार्टी (एमाले) देविनगर वडा सङ्गठन कमिटीको प्रशिक्षण भेला देविनगर वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ। भेलाका प्रमुख अतिथि नेकपा एमाले पाल्पा जिल्ला कमिटी सदस्य तथा पुर्वखाेला गाउँ सङ्गठन कमिटीका इन्चार्ज ईश्वरी प्रसाद न्याैपानेले नेपालमा कम्युनिष्ट पार्टीकाे स्थान,विगत,वर्तमान र भविष्य,कम्युनिष्ट सिद्धान्त थथा नेपालमा कम्युनिष्ट सरकारले गरेका मुख्य कामहरुका बारेमा प्रशिक्षण दिनुभएको थियो । अर्का जिल्ला कमिटीका सदस्य तथा पुर्वखाेला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले अहिले एमाले पार्टीभित्र देखिएको मतभेद,केन्द्र देखि प्रदेश सरकारमा भएको सरकार परिवर्तन आफ्नै केही नेताहरुकाे पदकाे माेहले गर्दा भएको हाे भन्नूभयो । केन्द्र प्रदेशमा नेताले जे गरे पनि पुर्वखाेला गाउँपालिकामा एमाले एकजुट रहेको र आफुहरुले नेता भन्दा पनि सुर्य चिन्ह र नवौं महाधिवेशनले छनाेट गरेका नेतृत्वलाई मान्ने बताउनुभयो ।देविनगर वडाका अध्यक्ष रिम प्रसाद श्रेष्ठले स्थानीय निर्वाचनबाट विजय भए पछि अहिलेसम्म देविनगर वडा भित्र भएका विकास निर्माणकाे बारेमा जानकारी गराउनु भएको थियो ।देविनगर वडा सङ्गठन कमिटीमा हाल ७९ जना सङ्गठित सदस्य रहेको छ।भेलाले भदौ ५ गते भित्र सदस्यता नविकरण गर्ने थप २५ जनालाई सङ्गठित सदस्यता वितरण गर्ने निर्णय गरेको छ।११० जना कार्यकर्ता सहभागी रहेको भेला नेकपा एमाले देविनगर वडा सङ्गठन कमिटीका अध्यक्ष बल बहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे थियो ।

प्रकाशित : २०७८ भदौ १ गते १९:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology