काबुल एयरपोर्टमा अमेरिकी सेनाको जहाजमा झुण्डिएका मान्छे खसे

Kandara News
प्रकाशित : २०७८ भदौ १ गते २२:३४

अफगानिस्तानको काबुलस्थित हमिद कारजाई विमास्थलको धावनमार्गमा टेकअफ गर्न लागेको अमेरिकी सेनाको जहाजसँगै मानिसहरू दौडिरहेको भिडिओमा देखिन्छ। ती मानिसहरू अन्तिमसम्म पनि जहाजमा चढ्नका लागि प्रयासरत थिए। यस्तै सार्वजनिक भएको अर्को भिडिओमा जहाजबाट मानिसहरू खसेको देखिन्छ। विमान आकाशमा उडेपछि उनी एक–एक गरेर खसेको बताइएको छ ।

जहाजभित्र झन्डै ६ सय ४० जना मानिस रहेको अमेरिकी रक्षा अधिकारीहरूले बताएका छन्।

अमेरिकाको प्रतिरक्षा तथा सुरक्षासम्बन्धी न्युज साइट डिफेन्स वनले सार्वजनिक गरेको जहाजभित्रको एउटा तस्बिरमा मानिसहरू खाँदिएर बसेको देखिएका छन्।

एयर फोर्स सी-१७ ग्लोबमास्टर थर्ड नामको उक्त जहाजमा एकैपटक  यति धेरै मानिसले यात्रा गरेको सम्भवत यो पहिलो पटक हो।

सोमबार आकाशमा उडिरहेको विमानबाट खसेर ३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सैन्य जहाजको चक्कामा लुकेर यात्रा गर्न खोज्ने तीन जना विमान उडिरहेको बेला खसेको बताइएको छ।


प्रकाशित : २०७८ भदौ १ गते २२:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology