काेराेना भाईरस नियन्त्रण गर्न माथागढीमा समिति गठन

मायाँ बस्याल
प्रकाशित : २०७८ भदौ २ गते २१:३५

भदौ २ गते
माया बस्याल,

समुदाय स्तरमा काेभिड सङ्क्रमण बढे सँगैे सुहारा नेपालकाे अायाेजना तथा माथागढी गाउँपालिका वडा नम्बर ४ झडेवा स्वास्थचाैकीकाे समन्वयन्न्मा समुदाय स्तरीय निगरानी समिति गठन गरिएको छ ।

जीवन रायमाझी संयाेजक हुने गरि ५ जना कार्यसमिति गठन गरिएको छ । भने जसमा नेत्र कुमारी काम्मु , सन्तोष बराली , सुमन जि सि , डिक बहादुर सारु सदस्य रहनु भएको छ । साथै कार्यक्रमकै अवसरमा संयाेजक जीवन रायमाझी ले यदि समुह सदस्यहरु घरधुरी जादा कसैलाई लक्षण देखिएमा तुरुन्तै जानकारी गराउनुहुन अाग्रह समेत गर्नु भएको थियोे । साथै अाफु पनि गएको समयमा काेराेना सङ्क्रमित भएर १० दिन सम्म अाईस्वलेसनमा बसेकाे साथै हिम्मत गर्ने अात्मबल बढाउनु पर्ने सचेत रहनुपर्ने कुरामा जाेड दिनु भएको थियो ।

कार्यक्रमका अवसरमा वडा अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष मधु पराजुलीले समुदायमा काेराेना संङ्क्रमण बढे सँगै मानवीय लापरबाहीले गर्दा धेरैमा काेराेना पुष्टि हुन सक्ने सम्भावना भएको कारण सबैलाई सर्न सक्ने उच्च जाेखिमलाई मध्येनजर गर्दै अाफ्नाे वडा भित्रका टाेलमा भएको याे निगरानी समितिलाई अाफूले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विगतको महामारीको बेला सचेत हुदाँहुदै पनि बैशाखकाे महिनामा अाफ्नाे वडा भित्रका धेरै नागरिकलेमा काेराेना सङ्क्रमणका कारण धेरै समस्या झेल्नुपरेको समस्या ताजै रहेको कारण सबैलाई सचेत रहन साथै केही समस्या देखिएमा सबै समुदायका व्यक्तिले स्वास्थ्यकर्मी , स्वास्थ्यचाैकी , वडा कार्यालय वा सम्बन्धित क्षेत्रमा जानकारी गराउनुहुन अनुरोध समेत गर्नु भएको थियो ।

कार्यक्रममा स्वास्थ्यचाैकी इन्चार्ज लक्ष्मण गाहाले प्रशिक्षण गर्दै काेभिड सङ्क्रमण भए पछि देखिने समस्या तथा समाधानका लागि गरिने प्राथमिक उपचार तथा राेगबाट बच्ने उपाएका बारेमा जानकारी गराउनु भएको थियो । भने त्यस्तो लक्षण देखिएमा छिटोभन्दा छिटो स्वास्थ्यकर्मी तथा समूह संयाेजकलाई जानकारी गराउन समेत अाग्रह गर्नु भएको थियो । साथै काेभिड सम्बन्धि लक्षण कसैलाई देखिएमा तुरुन्तै सम्बन्धित क्षेत्रमा जानकारी गराउनुहुन अनुरोध समेत गर्नु भएको छ ।

कार्यक्रमका अवसरमा माथागढी गाउँपालिका परामर्श कर्ता माया बस्यालले समुदायका सबै नागरिकलाई स-सम्मान पूर्वक बाच्ने अधिकार भएको कारण सबैको अात्मबल बढाउने खालका कुराहरू गर्ने समिति सदस्यका निगरानीमा भएका घरधुरीमा दिनहुँ जानू पर्ने जादा सबैलाई उच्च मनाेबल गराउने खालका विषयमा छलफल गर्दै सल्लाह दिनुपर्ने अाग्रह समेत गर्नु भएको थियोे ।

साथै सुहारा कार्यक्रमका काेडिनेटर मनिषा भट्टराईले समितिमा हुनुहुने समिति सदस्यले समुदायका प्रभावित क्षेत्रका घरधुरीमा वा काेराेना लक्षण देखिएका घरधुरीमा दिनकाे एकपटक १४ दिन सम्म पुग्नु पर्ने साथै सबै नागरिककाे स्वास्थ्य अवस्था बुझ्नु पर्ने र स्वास्थ्यचाैकीमा जानकारी गराउनु पर्ने कुरा बताउनु भएको थियो ।

कार्यक्रम स्वास्थ्यचाैकी ईन्चार्ज लक्ष्मण गाहा काे सहजीकरण साथै वडा अध्यक्ष मधु पराजुलीको अध्यक्षतामा सम्पन्नता भएको हाे ।।


प्रकाशित : २०७८ भदौ २ गते २१:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology