सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Kandara News
प्रकाशित : २०७८ भदौ ३ गते १९:३७

भदौ ३, काठमाडौं । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भयो ।

साथै सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ।

भदौ ७ मा गाईजात्रा छ । यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको उहाँले बताउनु भयो ।


प्रकाशित : २०७८ भदौ ३ गते १९:३७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology