वीरकोटमा नेकपा एमालेको कार्यकता भेला सम्पन्न

Kandara News
प्रकाशित : २०७८ भदौ ३ गते २१:२३

भाद्र ३ सिमा वीरकोट ५
पूर्वखोल गाउपालिका ५ वीरकोटमा नेपका एमाले कम्युनिस्ट पार्टी संगठित सदस्यहरूको बैठक तथा भेला सकिएको छ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समिति का सदस्य तथा पूर्वखोला गाउँ पालिकाका अध्यक्ष नुन बहादुर थापाले पार्टीले हाल सम्म गरेका बिकासका कामहरू, नीति , सिद्धान्तमा आफ्नो स्थानीय विकाशको लागि भएका कामहरमा भएका कमीकमजोरीलाई आौल्याउदै मिलाएर लैजाजु पर्ने र हरेक क्षत्रमा काम गर्नको लागि कानुन चाहिन्छ । कानुन बनेपछि अधिकार पाईन्छ । अधिकार पाएपछि बल्ल हरेक क्षत्रको बिकास हुने कुरा बताउनु भयो। त्यस्तै गरी पूर्वखोला गाउँ पालिका ५ वीरकोटका जिल्ला सल्लाहकार सदस्य मुक्त बहनदुर थापाले
हामी टुट्ने फुट्ने कुरा नगरी सबै मिलेर अगाडि बढ्नुपर्ने कुरा राख्नुभयो । जिल्ला कमिटीका सदस्य तथा पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराईले आ आफ्ना तौलमा भएका योजनाहरुको पारदर्शिता र जवाफ देहिता समयमा गर्नु पर्छ । पार्टी भित्रको वर्तमान लडाई नीति र सिद्धान्तको होइन पदको लडाई हो हामी त्यहाँ सम्म पुग्नु जरुरी छैन । हुर्किदै गरेको संघीयताको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । महिलाको स्थान ३० प्रतिशय होईन अब ५० प्रतिशत हुन जरुरी रहेको बताउनु भयो वीरकोट वडा अध्यक्ष धन बहादुर सिंजालीले सहभागीहरूको जिज्ञासा मेटाउदैँ तौलतौलमा भएका अपुरा कामहरुबिस्तारै सम्पन्न गर्न ।कार्यक्रमको योजना बनाएको बताउनु भयो कार्यक्रम वीरकोट वडा अध्यक्ष धन बहादुर सिंजालीको अध्यक्षतामा बसेको थियो ।


प्रकाशित : २०७८ भदौ ३ गते २१:२३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology