श्रीकृष्ण जन्माष्टमी मा देशभर सार्वजनिक बिदा

Kandara News
प्रकाशित : २०७८ भदौ ३ गते २२:०३

बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले श्रीकृष्ण जन्माष्टमी सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको जानकारी अनुसार यही भदौ ७ गते सोमवार गाईजात्राका अवसरमा काठमाडौँ उपत्यका तथा मुलुकभरका नेवार समुदायका लागि बिदा दिइने निर्णय गरेको छ । त्यसैगरी भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले दिएको राजीनामा गएको साउन २२ गतेबाट लागु हुने गरीस्वीकृत गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।


प्रकाशित : २०७८ भदौ ३ गते २२:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology