एमालेमा दोस्रो तहका ९ नेताले निकाले प्रेस वक्तव्य ।।

Kandara News
प्रकाशित : २०७८ भदौ ३ गते २३:१८

। नेकपा एमालेका ९ जना नेताले पार्टी एकताका लागि भएको १० बुँदे सहमतिलाई नेताहरुले ग्रहण गर्न र समझदारी लागू गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भएकाे निष्कर्ष निकालेका छन् ।

नयाँ पार्टी गठन गर्ने माधव नेपालको निर्णयमा साथ नदिएका स्थायी कमिटी सदस्यहरुले बिहीबार राति संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष केपी शर्मा ओली र नेपाल दुवैले आफ्ना निर्णयलाई सच्याउनुपर्ने निष्कर्ष निकालेका हुन् । माधव नेपाल पक्षका १४ सांसदमाथि गरिएको कारवाही तत्काल फिर्ता लिन पनि उनीहरुले माग गरेका छन् ।

विज्ञप्ति जारी गर्नेहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।


प्रकाशित : २०७८ भदौ ३ गते २३:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology