रामतुलसी माध्यामिक विद्यालयको सरोकारवाला सगको समिक्षात्मक भेला सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७८ भदौ ५ गते १९:४८

रामतुलसी माध्यामिक विद्यालयको सरोकारवाला सगको समिक्षात्मक भेला सम्पन्न ।।
भदौ ५ रमा भण्डारी रामपुर पाल्पा

रामतुलसी माध्यामिक विद्यालय रामपुर पाल्पाको समिक्ष्यात्मक भेला सम्पन्न भएको छ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौड्यालको अध्यक्षतामा भएको भेलामा अध्यक्ष पौड्यालले सहभागि बाट आएको जिज्ञसा मेटाउदै विद्यालयको बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा स्थानिय सरकार ,राजनितिकदल ,पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु ,सस्थापक ,समाज सेवि ,बुद्धिजिवि ,शिक्षाप्रेमि पत्रकार तथा सरोकारबालाहरुको लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मुख्य पाहुना रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले विद्यालयको बारेमा बोल्दै विद्यालयलाइ आवश्यक पर्ने सहयोग विभिन्न माध्यामबाट पनि गर्ने सकिने भन्दै अव विद्यालयलाइ कलेजको रुपमा विकास गर्दे लैजान आवश्यक छ भन्नु भएको छ । कार्यक्रममा विद्यालयको जग्गा व्यवस्थापनको विषयलाइ लिएर भएको सरोकारहरुको भेलामा स्थानिय तहबाट पाउने सेवासुविधामा कन्जुस्याइ नर्गेने भन्दै विद्यालयको जग्गा कुनैपनि कम्पनीलाइ दिन नमिल्ने विद्यालयकै लागि आवश्यक हुने देखिएको बताउनु भयो । नेपाली काँग्रेसका नगर सभापति नेत्रप्रसाद भट्टराइले विद्यालयका सम्पतिलाई लिजमा धेरै समयका लागि दिन नमिल्ने बताउनु भएको छ । नेकपा एमालेका नगर संयोजक विष्णु प्रसाद रेग्मीले विद्यालयलाई हितको लागि गर्ने काम राम्रो भए पनि जग्गा धेरै समय लिजमा दिन हुदैन भन्दै विद्यालयमै बालिविज्ञान पढाइ संचालन भएको ले विद्यालयले नै प्रयोग गर्नु पर्छ भन्नु भएको छ । समाज सेवि देवराज ढकालले २०२५सालमा स्थापना भएको रामतुलसी माध्यामिक विद्यालय नमुना विद्यालय बनेको छ अहिले पनि करीव २२सय विद्यार्थी अध्यानरत छन् । अव विद्यालयलाइ कलेजको रुपमा विकासगदै जानु पर्छ भन्नु भएको छ । कार्यक्रममा पुर्वअध्यक्षहरु देविप्रसाद डोटेल,कृतिनाथ श्रेष्ठ,ऋषिराम भट्टराई कमलराज भट्टराइ पुर्व सदस्य राजु प्रसाद श्रेष्ठ लगायतले विद्यालयको बारेमा बोल्नु भएको थियो । व्यावस्थापन समितिका सदस्य दुृर्गा देवि रानाको स्वागत बाट शुरु भएको कार्यक्रममा सहभागिले आ आफ्नो सुझाव सहितको भनाइ राखेको कार्यक्रमको संचालन विद्यालयका प्रधानध्यापक बालकृष्ण लम्सालले गर्नु भएको हो ।


प्रकाशित : २०७८ भदौ ५ गते १९:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology