राष्ट्रिय परिचय पत्र बनाउन जादै हुनुहुन्छ ? ख्याल राख्नुहोस !

डिल्ली राज पंगेनी
प्रकाशित : २०७८ भदौ ६ गते २१:११

पाल्पा , भाद्र , ६
राष्ट्रिय परिचय पत्र बनाउने टोली अहिले पाल्पाको गाउँगाउँको वडा कार्यालय सम्म पुगेर सेवा दिई रहेको छ । सेवा ग्राही हरु भने आफ्नो कागजपत्र हरुलाई सुरक्षीत तवरले नराख्दा राष्ट्रिय परिचय पत्र बनाउन वडा कार्यालयमा दिएको घुम्ती सिविर बाट सबैले सेवा लिन पाउन सकेका छैन्न । नागरीक हरुले नागरिकतामा केर मेट गरेको त्याहा लेखीएका अक्षर हरु उठेको , फोटो नबुझिएको , फोटोमा दाग लगेको नागरीकतालाई राष्ट्रिय परिचय पत्र बनाउने क्रममा स्क्यान गर्दा नबुझीएका हरुलाई आफ्नो वर्डा बाट सिफारिस लिएर सदरमुकाम आएर राष्ट्रिय परिचय पत्र बनाउन आग्रह गरेको शिविरमा खटिएका एक कर्मचारीले बताउनु भयो । आफु स्वयम उपस्थित भएर बनाउनु पर्ने राष्ट्रिय परिचय पत्र लाई आफ्नो नागरिकता ,विवाहितको लागि  विवाहा दर्ताको प्रमाणपत्र लिएर स्वयं उपस्थित भै बनाउनु पर्ने व्यवस्था रहेको छ ।


प्रकाशित : २०७८ भदौ ६ गते २१:११


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology