” विष्णु माझीको गीत आएपछि मात्रै साँच्चिकै तीज आए झैँ लाग्छ ।”

अमृत काम्मु मगर
प्रकाशित : २०७८ भदौ ८ गते ०:२१
जेलैमा हो जेलैमा, चरी जेलैमा
मै छोरी रुँदै रुँदै बेस

लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीतको शब्दहरु हुन यी । हालै सार्वजनिक उनको तीज गीतको म्युजिक भिडियोले यतिबेला चर्चा पाईरहेको छ ।

‘पुतलीको भट्टी’ को १७ अौं  श्रृङखलाका रुपमा आएको यस गीतमा सुन्दरमणी अधिकारीको शब्द÷संगीत,विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।

अधिकांश गीतहरुले तीजको मौलिकता गुमाएको गुनासो आईरहेको समयमा यस गीतलाई स्रोता एवं दर्शकले मौलिकता बोकेको गीत भनेका छन् । सामाजिक सञ्जालहरुमा प्रसंशा पाईरहेको यस गीतलाई हजारौंले शेयर गरेका छन । ” विष्णु माझीको गीत आएपछि मात्रै साँच्चिकै तीज लाग्छ ।” – दर्शक श्रोताहरुको प्रतिक्रिया छ ।

तीज संस्कृतिको अन्तर्यलाई झल्काउँदै विवाहित चेलिको वेदनालाई यस गीतमा प्रस्तुत गरिएको छ । खराब श्रीमान पर्दा चेलीले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ ।

गीतले यतिबेला युट्युब र टीकटकमा निकै चर्चा बटुल्दै गएको छ । पाँच दिनअघि सार्वजनिक गीतलाई युट्युबमा २४ लाख बढी पटक हेरिसकिएको छ भने युट्युबमा ६ हजार ८ सय बढी प्रतिक्रिया आईसकेका छन् ।अधिकांशले गीतको प्रशंशा गरेका छन् । गीतको थेगो प्रयोग गरेर धेरै जनाले टिकटक बनाएका छन भने फेसबुक पेजहरुले भिडियो अपलोड गरेका छन । गीतका शब्द, विष्णुको सुमधुर स्वरको स्रोता एवं दर्शकहरुले तारिफ गरेका छन् ।

सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक १७ मिनेट बढी लामो गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ ।
शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै भिडियोको निर्माण एवं निर्देशन गरेका हुन् ।

शम्भु चालिसेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।


प्रकाशित : २०७८ भदौ ८ गते ०:२१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology