माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा १७ पदाधिकारी सहित १५१ केन्द्रीय सदस्य हुने

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ भदौ ८ गते १३:२०

काठमाडौं,भाद्र ८

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा १७ पदाधिकारीसहित १५१ केन्द्रीय सदस्य रहने भएका छन् ।

चन्द्रागिरि हिल्समा बसेको पार्टीको बैठकले अन्तरिम विधान–२०७८ र घोषणापत्र अनुमोदन गर्दै सांगठानिक संरचनाको टुंगो लगाएको हो । जसमा अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिवसहित १७ जना पदाधिकारी रहनेछन् ।

११५ पूर्ण र ३६ वैकल्पिकसहित १५१ सदस्यीय केन्द्रीय कमिटी हुने छ । ५१ सदस्यीय पोलिटब्युरो हुनेछ भने २१ सदस्यीय स्थायी कमिटी । प्रदेश, जिल्ला र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने व्यवस्था विधानमा छ ।

यो पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद–लेनिनवाद हुने भएको छ । पार्टीको विधान र घोषणापत्रमा जबजको साटो रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद कायम गरिएको छ ।

नेता नेपालले एमालेबाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) गठन गर्न लागेका हुन् । पार्टी दर्ताको निवेदन निर्वाचन आयोगमा छ ।


प्रकाशित : २०७८ भदौ ८ गते १३:२०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology