एमालेका केन्द्रीय सदस्य सोम पाण्डे माधव समूहमा खुले

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ भदौ ८ गते १७:४६
भाद्र ८ गते

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य सोम पाण्डे माधव नेपाल समूहमा खुलेका छन् ।

पाल्पा क्षेत्र नम्बर २ का संघिय सांसद एवं एमालेमा केन्दिय सदश्य समेत रहेका पाण्डे आजबाट दर्ताको प्रक्रियामा रहेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा खुलेका हुन् ।

 पूरव मन्त्री समेत रहेका पाण्डे माधव नेपाल समूहमा रहेपनि नेपालले पार्टी विभाजन गर्दा तटस्थ बसेका थिए साथै अन्तिम समयसम्म पार्टी एकतामा लागि परेका थिए। स्रोतका अनुसार बुधबारको सनाखतमा पाण्डे पनि सहभागी हुने भएका छन् ।


प्रकाशित : २०७८ भदौ ८ गते १७:४६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology