एमालेको स्थायी कमिटि बैठकमा एमालेको ३ उपाध्यक्ष उपस्थित ।

Kandara News
प्रकाशित : २०७८ भदौ ८ गते २०:५१

नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न बैठकमा पार्टीभित्र उत्पन्न समस्या समाधान गर्ने विषयमा छलफल भएको छ।

पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि कार्यदल गठन गर्ने र जिल्लादेखि स्थानीय तहसम्म पार्टीलाई थप सशक्त बनाउने निर्णय भएको बताए।

बैठकले १० बुँदे सहमति कार्यान्वयनसँग सम्बन्धित विभिन्न निर्णयहरु गरेको छ। नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन गराउनका निम्ति कार्यदल गठन गरेको छ। सहमति कार्यान्वयनका क्रममा उत्पन्न हुनसक्ने समस्या समाधानका निम्ति स्थायी समिति बैठकले ६ सदस्यीय कार्यदल गठन गरेको हो।

मंगलबार च्यासलमा बसेको बैठकले महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन्।

बैठकले १० बुँदे सहमति अनुरुप केन्द्रीय कमिटी, जिल्ला कमिटी र सबै समितिलाई २०७५ जेठ २ गते अनुसार फर्काउने निर्णय गरेको छ। केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयनका लागि कार्यदल समेत गठन गरिएको छ। बैठकमा सदस्यता नवीकरण अघि बढाउने निर्णय पनि भएको छ।

त्यसैगरी, बैठकले विधान महाधिवेशन असोज ૪ देखि ६ गते गर्ने निर्णय समेत गरेको छ। त्यस्तै, भदौ १६ देखि २० गतेसम्म जिल्ला कार्यकर्ता भेला गर्ने निर्णय गरिएको छ।

बैठकले पार्टी एकीकरणका लागि आह्वान गर्ने तथा १० गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय समेत गरेको छ। यस्तै, भोलि पत्रकार सम्मेलन पनि गर्ने जानकारी दिइएको छ।

यी हुन् ८ निर्णय

१. केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरुलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील बनाइने।

२. १० बुँदे प्रस्ताव कार्यान्वयन गर्दा उत्पन्न हुने समस्या समाधान गर्न कार्यदल गठन गर्ने । कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट रहेका छन्।

३. सदस्यता नवीकरणलाई २०७५ जेठ २ गतेको सदस्यतालाई आधार बनाउने र एकीकरणमा आबद्ध भएका र २०७५ जेठ ३ पछि सदस्यता प्रदान गरिएका पार्टी सदस्यहरूको सदस्यता समेत सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने।

४. पार्टीको विधान महाधिवेशन २०७८ असोज ५ र ६ गते गर्ने।

५. २०७८ मंसिर १०, ११ र १२ गते पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने।

६. भदौ २६, २७ र २८ गते केन्द्रीय र स्थायी कमिटीको बैठक राखिने।

७. कात्तिक ६ गते एकै दिन वडा अधिवेशन र ९ गते पालिका स्तरीय अधिवेशन गर्ने।

८. २०७८ साल भदौ १६ देखि २० गतेभित्र जिल्ला तथा केन्द्रीय भेला गर्ने।


प्रकाशित : २०७८ भदौ ८ गते २०:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology