ओलीले नेपालसहितका नेताहरुलाई भने- मूल घरमा फर्किनुहोस्, कुनै पनि विभेद गर्दिन

Kandara News
प्रकाशित : २०७८ भदौ ९ गते १४:३२

९ भाद्र २०७८, बुधबार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुलाई मूल घरमा फर्किन अपील गरेका छन्।

बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा पत्रकार सम्मेलनमा ओलीले जारी गरेको वक्तव्यमा माधव नेपालसहितका नेताहरुलाई एमालेमा फर्कन अपील गरेका छन्। वक्तव्यमा ओलीले भने का छन्, तपाईंहरू मूल घरमा फर्किनुस्। यसअघिका कामको आधारमा म कुनै पूर्वाग्रह राख्दिनँ ।’

ओलीले जारी गरेको वक्तव्य पार्टी सचिव प्रदीप ज्ञवालीले बाचन गरेका थिए। लगत्तै पत्रकारहरुले राखेका जिज्ञासामा ओलीले वर्तमान सरकारले जारी गरेको अध्यादेश असंवैधानिक भएको टिप्पणी गरे। सरकारले संविधानको मर्मविपरित कुनै दल विशेषलाई फुटाउने नियत राखेर अध्यादेश ल्याएकोमा आपत्ती जनाए।

‘मेरो पालामा पनि अध्यादेश ल्याएको हो, तर मध्यरातमा संसद अधिवेशन अन्त्य गरेर भोलिपल्टै अध्यादेश ल्याएको थिइनँ,’ ओलीले भने, ‘देश र जनताका लागि अत्यावश्यक परेका बेला अध्यादेश ल्याउन पाइन्छ तर एमालेलाई विभाजन गर्न सोधेरै कति प्रतिशत राख्दा हुन्छ भनेर अध्यादेश ल्याइयो।’


प्रकाशित : २०७८ भदौ ९ गते १४:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology