माधव नेपालमा पार्टी एकता गर्ने मनशाय थियो की थिएन भन्ने प्रष्ट भएको छः योगेश भट्टराई

कन्दरा सम्वादाता
प्रकाशित : २०७८ भदौ ९ गते १४:४१

१० स्थायी कमिटी सदस्यलाई जानकारी नदिएर पार्टी विभाजन गरियो

काठमाडाैं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपालले एकलाैटी रुपले पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।

एमालेद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ताको जिम्मेवारीमा फर्किएका नेता भट्टराईले माधव नेपालमा पार्टी एकता गर्ने कुनै मनशाय नभएको समेत जनाएका छन् ।

१० बुँदा माधव नेपाललाई भीम रावलले ह्याण्ड्स फ्री गरेर सुनाएको र घनश्याम भुसालले घरमै गएर सुनाएपछि उक्त सहमति भए भन्दै भट्टराईले आफूहरुमाथि आएका टिप्पणी राजनीतिक नभएक जनाएका छन् । उनले यी यस्ता विषयका कारण माधव नेपालमा पार्टी एकता गर्ने मनशाय थियो की थिएन भन्ने प्रष्ट भएको समेत जनाएका छन् ।

पार्टी प्रवक्ताको जिम्मेवारीमा फर्किएका उनले साउन २२ गतेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताबारे निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएपनि नेता नेपालले स्थायी कमिटीमा कुनै जानकारी, सह-सल्लाह नगरी पार्टी विभाजन गरेको जनाएका हुन् ।

पार्टी एकताका लागि भन्दै गठित एमालेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई पार्टीले पालना गर्ने सहमतिपछि नेपाल पक्षमा रहेका १० स्थायी कमिटी सदस्यहरु एमालेमै फर्किएका छन् ।

माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भइसकेको छ । आज निर्वाचन आयोगमा सनाखत चलिरहेकाले संभवत आजै एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र पाउने तयारीका साथ आयोग लागिरहेको जनाइएको छ । lumbinivoice.com बाट ।


प्रकाशित : २०७८ भदौ ९ गते १४:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology