देविनगरका स्वास्थ्य चाैकि प्रमुख जि सि लाई सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

भुवन सिंजाली
प्रकाशित : २०७८ भदौ ९ गते १९:१५

पुर्वखोला गाउपालिका वडा नम्बर ४ देविनगर स्वास्थ्य चौकिका प्रमुख महेन्द्र बहादुर जि सि लाई सम्मान तथा विदाइ कार्यक्रम देविनगरको वडा सभाहलमा सम्पन्न भएको छ। २०४६ मङ्सिरमा जागिर प्रवेश गर्नु भएका जि सि सुरुमा ताहु स्वास्थ्य चौकि अर्चले हुमिन हुदै देविनगर स्वास्थ्य चौकि गरि ३२ वर्ष सेवा निर्वित हुनुहुन्थ्यो ।

६० वर्ष उमेरको हद बन्दिले गर्दा भदौ ३ गते सेवा अवकाश लिनु भएको थियो । जि सि लाई सम्मानपत्र ढोसल्ला मायाको चिनो फुलमालाले सम्मान गरेको थियो । सम्मानित जि सि ले अरु ठाउमा भन्दा देविनगर स्वास्थ्य चौकिमा काम गर्दा जनप्रतिनिधि कर्मचारी स्वायमसेविकाबाट धेरै सहयोग पाएकोले २ वर्ष कार्यकाल २ दिन जस्तो भयो म सेवामा नभए पनि साथ र सहयोग सधै रहने छ भन्नु भयो ।

पुर्वखोला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापा उपाध्यक्ष भागिरथि भट्टराई प्रशासकीय प्रमुख ज्ञानु प्रसाद पनेरु देविनगर वडाका सदस्य मेहर सिङ थापा भुवन सिंजालि स्वास्थ्य चौकिका कार्यवाहक प्रमुख शान्ता बमरेल महिला स्वायमसेविका शुशिला बरालले विदाइ हुने जि सिको आगामि दिनमा सु स्वास्थ उन्नतिको कामना गरेको थियो ।कार्यक्रम स्वास्थ्य चौकि व्यवस्थापन समितिका अध्यक्ष रिम प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।


प्रकाशित : २०७८ भदौ ९ गते १९:१५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology