इंग्ल्यान्ड र भारत बीच हेडिंगलेमा सुरु भएको तेश्रो टेस्टको पहिलो इनिंग्समा टस जितेर ब्याटिंग गरेको भारत ४०.४ ओभरमा ७८ रनमै समेटिन पुगेको छ।
भारतीय माथिल्लो क्रमको पहिलो तिन विकेट जेम्स एण्डरसनले लिंदै घरेलु टोलिलाई उत्कृस्ट सुरुवात दिलाएका थिए। एण्डरसनले इनिंग्सको पहिलो ओभरमा खाता नखोल्दै केएल राहुललाई, पाँचौ ओभरमा १ रन बनाएका चेतेश्वर पुजारालाई तथा ११ औं ओभरमा ७ रन बनाएका कप्तान बिराट कोहलीलाई पेभेलियन फर्काए। तिनजना ब्याट्सम्यान विकेट पछाडी जोस बटलरबाट समातिन पुगे।
त्यसपछि रोहित शर्मा र अजिंके रहाने बीच २५ रनको साझेदारी बह्यो। १८ रन बनाएका रहानेलाई ओली रोबिन्सले बटलरबाट क्याच आउट गराएर साझेदारी तोडे। लगत्तै २ रन मात्र बनाएर रिशभ पन्त पनि बटलरबाट समातिन पुगे। १०५ बलमा १९ रन बनाएका रोहित शर्मालाई क्रेग ओभरटनले क्याच आउट गराउद इंग्ल्यान्डलाई पूर्णत हावी गराए। रभीन्द्र जडेजा पनि मात्र ४ रन बनाएर स्याम करनबाट एलबिडब्लु भए। फलस्वरुप ५६ रनमा ३ विकेट गुमाएको भारतले योगफलमा थप २२ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।
इंग्ल्यान्डको बलिंगमा जेम्स एण्डरसन ( ८-५-६-३ ) र क्रेग ओभरटनले ( १०.४-५-१४-३ ) समान ३ विकेट लिए भने ओली रोबिन्सन ( १०-३-१६-२ ) र स्याम करन ( १०-२-२७-२ ) ले समान २ विकेट लिए।
सिरिज अन्तर्गत पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा टुंगिएको थियो भने दोश्रो टेस्ट भारतले १५१ रनले जितेको थियो।
प्रकाशित : २०७८ भदौ ९ गते २०:२३
Facebook Comment