जल्पाकी एक महिला छोरीसहित सम्पर्कबिहिन,खोजी गरिदिन श्रीमानको आग्रह

ग्रीष्म राना
प्रकाशित : २०७८ भदौ १० गते १०:०५

जल्पा,२०७८ भाद्र १०

पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं.-२,जल्पाकी एक महिला छोरी सहित ५ दिनदेखि सम्पर्कबिहिन बनेकी छिन ।
गत भाद्र ४ गते जल्पा स्थित घरदेखि प्रभास जान्छु भनेर हिँडेकी ३५ वर्षिय रिमीसरा राना १५ वर्षिय छोरी रुपा राना सहित हराउनुभएको उहाँको परिवारले बताउनुभएको छ । घरमा प्रभास जान्छु भनेर जीपमा चढेका आमाछोरी सो दिन आर्यभञ्ज्याङमै ओर्लिएका थिए । “त्यसपछि उनीहरु कता लागे पत्ता लागेको छैन,सम्भावित सबै इष्ट मित्र,आफन्तहरुसंग सम्पर्क गर्दासमेत भेटिएन ।” श्रीमान तोया बहादुर रानाले भने । यसबारे उहाँले इलाका प्रहरी कार्यालय,पूर्वखोलामा जानकारी गराइसक्नुभएको छ । उहाँले आफ्नो श्रीमती र छोरीको खोजीका लागि सबैसँग अनुरोध समेत गर्नुभएको छ । कसैले देख्नुभएमा वा भेटाउनुभएमा नजिकैको प्रहरी कार्यालय वा श्रीमान तोया बहादुर रानाको फोन नं. ९७४२९०२६१८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।


प्रकाशित : २०७८ भदौ १० गते १०:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology