बनकट्टामा कोरोना भाईरस नियन्त्रण खोज प्रडताल समिति गठन ।।

Kandara News
प्रकाशित : २०७८ भदौ १० गते २०:४३

भदौ १० गते
माया बस्याल,
काेराेना भाईरस नियन्त्रण खाेज प्रडताल समिति गठन

समुदाय स्तरमा काेभिड सङ्क्रमण बढे सँगैे सुहारा नेपालकाे अायाेजना तथा माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी स्वास्थचाैकीकाे समन्वयमा समुदाय स्तरीय निगरानी समिति गठन कार्यक्रम चिदीपानीकाे बनकट्टा टाेलमा गरिएको छ

दान बहादुर चिदी संयाेजक हुने गरि ५ जना कार्यसमिति गठन गरिएको छ । कार्यक्रमकै अवसरमा संयाेजक चिदीले भर्खरै मात्रै हाम्रो समुदायमा काेभिड पाेजेटिभ देखिएका कारण यस्तो समिति गठन गर्न स्वास्थ्य चाैकीलाई अाग्रह गरिएको र गठन गरिएको हुदा अनुगमन गर्न जादा यदि समुह सदस्यहरु घरधुरी जादा कसैलाई लक्षण देखिएमा तुरुन्तै जानकारी गराउनुहुन अाग्रह समेत गर्नु भएको थियोे ।

कार्यक्रममा स्वास्थ्यचाैकी इन्चार्ज गाेबिन्द प्रसाद भट्टराई ले प्रशिक्षण गर्दै काेभिड सङ्क्रमण भए पछि देखिने समस्या तथा समाधानका लागि गरिने प्राथमिक उपचार तथा राेगबाट बच्ने उपाएका बारेमा जानकारी गराउनु भएको थियो । भने त्यस्तो लक्षण देखिएमा छिटोभन्दा छिटो स्वास्थ्यकर्मी तथा समूह संयाेजकलाई जानकारी गराउन समेत अाग्रह गर्नु भएको थियो ।

साथै काेभिड सम्बन्धि लक्षण कसैलाई देखिएमा तुरुन्तै सम्बन्धित क्षेत्रमा जानकारी गराउनुहुन अनुरोध समेत गर्नु भएको छ ।साथै समुदायमा काेराेना संङ्क्रमण बढे सँगै मानवीय लापरबाहीले गर्दा धेरैमा काेराेना पुष्टि हुन सक्ने सम्भावना भएको कारण सबैलाई सर्न सक्ने उच्च जाेखिमलाई मध्येनजर गर्दै अाफ्नाे वडा भित्रका टाेलमा भएको याे निगरानी समितिलाई अाफूले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यत्त गर्नु भएको थियो ।

कार्यक्रमका अवसरमा माथागढी गाउँपालिका मनापरामर्श कर्ता माया बस्यालले समुदायका सबै नागरिकलाई ससम्मान पूर्वक बाच्ने अधिकार भएको कारण सबैको अात्मबल बढाउने खालका कुराहरू गर्ने । यदि कसैलाई काेराेना पुष्टि भईहाल्याे भने पनि उसको खानपानमा परिवारले बिशेष ध्यान दिनुपर्ने र धेरै माया ममता र बिरामीलाई साथ र हिम्मत दिनु पर्ने कुरा गर्न का लागि निगरानी समितिलाई अाग्रह गर्नु भएको थियो ।

साथै सुहारा कार्यक्रमका काेडिनेटर मनिषा भट्टराईले समितिमा हुनुहुने समिति सदस्यले समुदायका प्रभावित क्षेत्रका घरधुरीमा वा काेराेना लक्षण देखिएका घरधुरीमा दिनकाे एकपटक १४ दिन सम्म पुग्नु पर्ने साथै सबै नागरिककाे स्वास्थ्य अवस्था बुझ्नु पर्ने र स्वास्थ्यचाैकीमा जानकारी गराउनु पर्ने कुरा बताउनु भएको थियो ।


प्रकाशित : २०७८ भदौ १० गते २०:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology