रामपुर नगरपालिका वडा नं ६ मा सरोकारवालाहरुको भेला सम्पन्न ।

रमा भण्डारी
प्रकाशित : २०७८ भदौ १२ गते २०:३१

भदौ १२  पाल्पा, रामपुर नगरपालिका वडा नं ६ मा सरोकारवालाहरुको भेला सम्पन्न भएको छ । कृषि पर्यटन पुर्बाधार बिकास ६ न वडा बिकास समृद्धिको आधार भन्ने नारा सहित आर्थिक वर्ष २०७८ र ०७९ मा नगरपालिका बाट वडामा सञ्चालन हुने योजना कार्यान्वयनका विषयमा छलफल भएको छ । जनप्रतिनिधि, राजनैतिक दल, टोल संयोजक, समाजसेवी एवं वडाबासीको उपस्थिति रहेको भेलामा गत वर्ष सञ्चालन भएका योजनाहरुको समिक्षा संगै चालु आर्थिक वर्षका योजनाका विषयमा छलफल भएको थियो । वडा अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा बसेको भेलामा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले समृद्ध वडा तथा नगर निर्माण गर्ने दायित्व हामी सबैको भएकाले विकासमा सहकार्य गर्दै बढ्न आग्रह गर्नु भयो । नगरको पहिचानको रुपमा रहेको तालपोखरा संगै निर्माणाधिन ज्याग्दी वृहत पार्क जस्ता योजनाहरु सञ्चालन हुनुले पनि वडा नं ६ नगरको प्राथमिकतामा रहेको जानकारी गराउनुभयो । रामपुर नगरपालिकाको समानुपातिक विकासको लागि नगरपालिकाले एउटा वडामा मात्र केन्द्रित नभै १० वटै वडामा बजेट समान रुपमा वितरण गरेको बताउनुभयो । नगरका युवाहरुलाई उद्याशिल हुन आग्रह गर्दै आफै रोजगारी सृजना गर्न सक्ने वातावरण नगरपालिकाले प्रदान गरेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस रामपुर ६ का वडा सभापति कृष्ण प्रसाद अर्याल ,नेकपा एमाले रामपुर ६ का अध्यक्ष सागर प्रसाद देवकोटाले वडामा सञ्चालन हुने योजना तथा विकास निर्माणका कार्य सहकार्य बाटै सञ्चालन भएको बताउँदै विकासका लागि सबैले पहल गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा नेकपा माओबादी केन्द्रका प्रतिनिधि जनकराज ढकाल, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि राम प्रसाद गैरे, नेपाल महिला संघ क्षेत्र नं १ का सभापति विष्णु माया ढकाल र नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले वडाको विकास निर्माणमा दिगोपन कायम गर्न तथा समयमा योजना सम्पन्न गर्नको लागि सबैको साझा चिन्तन हुनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले वडामा हाल सम्म सम्पन्न भएको योजनाहरुको बारेमा संक्षिप्तमा जानकारी गराउँदै यस वर्ष नगर बाट पारित भएको योजनाहरुको बारेमा प्रकाश पार्नु भएको थियो । रामपुर नगरपालिकाका प्राविधिक शंकर कंडेलले विकास निर्माणका योजना कार्यान्वयन गर्ने प्रक्रिया, अपनाउनु पर्ने उपायहरुको बारेमा जानकारी गराउनु भएको थियो । रामपुर भजनकृतन मण्डलीको सभाहलमा भएको भेला वडा सचिव बासुदेव ढकालको सहजिकरणमा भएको हो ।


प्रकाशित : २०७८ भदौ १२ गते २०:३१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology