सम्पर्क विहिन जल्पा कि रिमी र रूपा सम्पर्कमा आउनुभयाे

Kandara News
प्रकाशित : २०७८ भदौ १३ गते १६:०४

१० दिनसम्म सम्पर्क विहीन भएका जल्पाका रिमी सरा र छोरी रुपा सम्पर्कमा आए पाल्पा, घरबाट औषधी उपचारका लागि लुम्बिनी मेडिकल कलेज जान भन्दै हिडेकी पाल्पाको पूर्वखोला गाउँपालिका २, जल्पाका आमा छोरी १० दिन पछि सम्पर्कमा आएका छन् । आमा रिमीसरा राना र छोरी रुपमा राना सकुशल पोखरा रहेको भन्ने खबर पाएको वडा अध्यक्ष नीरबहादुर सारुले जानकारी दिनुभयो । विभिन्न संचार माध्यममा सम्पर्क विहीन भएको भन्ने खबर आएपछि उनीहरुले फोन मार्फत आफूहरु सकुशल रहेको र पोखरामा काम गरिरहेको जानकारी गराएको उहाँले बताउनुभयो । उनीहरु गत भदौ ४ गते उपचारका लागि भन्दै घरबाट हिडेका थिए । के कारण बाट पोखरा पुगेको र काहाँ कसरी पुगेको भन्ने विश्रीत जानकारी भने आई सकेको छैन


प्रकाशित : २०७८ भदौ १३ गते १६:०४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology