पूर्वखोला गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुको आ.व. २०७७/०७८ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।।

Kandara News
प्रकाशित : २०७८ भदौ १३ गते २०:३६

पूर्वखोला गाउँपालिका अन्तरगतका स्वास्थ्य संथाहरुको २०७७/०७८ को वार्षिक समीक्षा कार्यक्रम पूर्वखोला गाउँपालिको नव निर्मित भवनमा सम्पन्न भएको छ । कार्यक्रमा बेल्दै पूर्वखोला गाउँपालिका का अध्यक्ष नुन बहादुर थापाले कोविड -१९ माहामारी नियन्त्रण पूर्वखोला गाउँपालिका अन्तरगतका स्वास्थ्य संथाहरुले उल्लेखिनी काम गरेर कोविड -१९ माहामारी नियन्त्रणमा राख्न सफल भएको बताउनु भयो ।उहाले स्वास्थ्य संथाले गर्नु पर्ने नियमित कार्यलाई अझै राम्रो गरेको मा सबैलाई धन्यवा दिनु भएको थियो । साथै थापाले कोविड -१९ को माहामारीको बेलामा नागरिकको स्वास्थ्य उपचारमा खटिनु हुने स्वास्थ्य कर्मिको प्रशाम्शा गर्नु भएको थियो । कार्यक्रममा पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरुले कोविड -१९ माहामारीमा बेला स्वास्थ्य कर्मिले गरेको कामको प्रशम्सा गर्नु भएको थियो । पालिका भरी ९ औटा स्वास्थ्य सस्था बाट सेवा प्रधान गरिरहेको पूर्वखोला गाउँपालिका भित्रका स्वास्थ्य चौकी प्रमुख हरुले आ आफ्नो स्वास्थ्य चौकीको प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमा खोप पोषण , सरुवा रोग , सुरक्षीत मातृत्व , परिवार नियोजन , बाल पोषण , कोविड -१९ माहामारी रोकधाम नियन्त्रण लगाएत विषयमा समीक्षा भएको थियो । कार्यक्रमा पूर्वखोला गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालले पालिका भित्रको प्रगती विवरण को बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालको संचालनमा भएको थियो।

कार्यक्रमै अवसरमा पूर्वखोला गाउँपालिका -४ देवीनगरमा कार्यरत सिअहेव महेन्द्र बहादुर जि लाई दोसल्ला ओढाई सम्मान समेत गरेको थियो ।


प्रकाशित : २०७८ भदौ १३ गते २०:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology