बित्तिय साक्षरता प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न ।

रबिन शर्मा चापागाईं
प्रकाशित : २०७८ भदौ १४ गते १४:४१
वित्तिय साक्षरता प्रशिक्षक प्रशिक्षण विषयक ४ दिने तालिम बुटवलमा सम्पन्न भएको छ । तालिम सानाकिसान विकास लघुवित्त वित्तिय संस्थाको आयोजना तथा सिप परियोजना र UK AID को सहकार्यमा सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै मुख्य प्रशिक्षक विनोद अधिकारीले तालिम सिक्ने र सिकाउने प्रक्रिया भएकाले आफूले पनि धेरै कुरा सिक्ने मौका पाएको साथै प्रशिक्षार्थीको जोश, जाँगर र क्रियाशिलताले गर्दा नै तालिम सफल रुपमा सम्पन्न भएको र यसको नतिजा भने समूदायमा गएर तालिम दिएपछि मात्र थाहा हुने बताउनुभएको थियो । “यो तालिम पूर्वाभ्यास मात्र हो तर यसको परिणाम तपाईंहरुले समूदायमा गएर तालिम दिएपछि मात्र आउनेछ ” अधिकारीको भनाई थियो ।
त्यसैगरी समापन कार्यक्रमका अध्यक्ष तथा सानाकिसान विकास लघुवित्त वित्तिय संस्था लि. इलाका कार्यालय बुटवलका प्रबन्धक गणेश भट्टराईले तालिममा सिकेको सिप संस्था र समूदायको लागि सम्पत्ति हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । “तपाईंले सिकेको सिप तपाईंको संस्था र समूदायको सम्पत्ति हुनुपर्छ र यसमा तपाईंहरुले पक्कै ध्यान दिनुहुनेछ ” भट्टराईले भन्नुभयो ।
तालिमको मुख्य उद्देश्य समूदायमा रहेका सानाकिसानहरुलाई वित्तिय साक्षरता सम्बन्धि तालिम प्रदान गर्नका लागि प्रशिक्षक तयार गर्नु रहेको सिप परियोजनाका फिल्ड संयोजक महेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । तालिममा बर्दिबास इलाका, नेपालगंज इलाका र बुटवल इलाका अन्तर्गतका ३० वटा सानाकिसान कृषि सहकारी संस्थाका ३० जना प्रतिनिधिहरुको सहभागीता रहेको थियो । समापन कार्यक्रमको संचालन सिप परियोजनाका फिल्ड संयोजक महेन्द्र क्षेत्रीले गर्नुभएको थियो ।

प्रकाशित : २०७८ भदौ १४ गते १४:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology