पाल्पा-बुटवल सडकखण्ड २ रात बन्द हुने ।

अमृत काम्मु मगर
प्रकाशित : २०७८ भदौ १७ गते १५:००

पाल्पा,भाद्र १७
सिद्धार्थ राजमार्ग अन्तरगत पर्ने तानसेन-बुटवल सडकखण्ड बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले आज एक सुचना प्रकाशित गरि भाद्र १७ गते बिहिबार (आज) साँझ ७ बजेदेखि भाद्र १८ गते बिहान ६ बजेसम्म सडक बन्द रहने जनाएको छ,त्यस्तै भाद्र १८ गते साँझ ७ बजेदेखि भाद्र १९ गते बिहान ६ बजेसम्म पनि सडक बन्द हुने सुचनामा उल्लेख छ । गत हप्ताको बर्षाले तानसेन नपा.-८,डुम्रेमा पहिरो जाँदा २ वटा घर पुरिनुका साथै सिद्धार्थ राजमार्ग २ दिन अवरुद्ध भएको थियोे । अहिले एकतर्फी बाटो खुलेपनि पहिरो पन्छाउने काम बाँकी रहेकोले २ रात सडक बन्द गरेर पहिरो हटाउन लागिएको डिभिजन सडक कार्यालय,पाल्पाले जनाएको छ । सडक बन्द रहेको समयमा एम्बुलेन्स बाहेकका सवारीसाधनहरु सञ्चालन गर्न पूर्णरुपमा रोक लगाईएको सुचनामा जनाइएको छ ।


प्रकाशित : २०७८ भदौ १७ गते १५:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology