अर्घाखाँची मा हाइस दुर्घटना हुदा १ जना काे मृत्यु ५ घाइते

Kandara News
प्रकाशित : २०७८ भदौ १९ गते ८:०९

अर्घाखाँचीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु ,पाँच घाइते १९ भदौ अर्घाखाँचीको शितगंगा नगरपालिका-३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट अर्घाखाँची आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा(३ स्थित सैनिक नजिकै शनिबार बिहान दुर्घटनामा परेको हो । हाइसमा १० जना सवार थिए । तीमध्ये पाँच जना घाइते भएका छन् । जसमा दुई जना गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय ठाँडाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।


प्रकाशित : २०७८ भदौ १९ गते ८:०९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology