नेपो पाल्पाको अध्यक्षमा सन्तोष गहतराज

माधव पाण्डे
प्रकाशित : २०७८ भदौ २१ गते २०:३७

पाल्पा- सामाजिक कार्य गर्नका लागि स्थापित सस्था टिम नेपाे पाल्पाकाे जिल्ला अध्यक्षमा सन्ताेष गहतराज चयन हुनुभएको छ । समाजमा कम अवसर पाएका व्यक्तिहरूकाे उत्थानकाे लागि कार्य गर्ने हेतुले जिल्ला पाल्पामा सस्थाकाे शाखा विस्तार गरिएको थियाे । जस्काे अध्यक्षमा सन्ताेष गहतराज चयन हुनुभएकाे छ । उपाध्यक्षमा निशा मरासिनी , राजेश बाेहाेरा ,सचिवमा सुशील बस्याल,सह सचिवमा विष्णु पाैडेल,पाटनरसीप काेडसनेटरमा माधव पाण्डे,काेषाध्यक्षमा लक्ष्मी बम्रेल,सदस्यहरूमा ग्रिष्मस राना,सराेज विश्वकर्मा चयन हुनुभएको छ ।
निर्वाचन अध्यक्ष गहतराजले अागामी दिनमा सस्थाले जिल्लाका सामाजिक कार्यहरूमा अाफ्नाे कार्य केन्द्रित गर्ने बताउनुभयो । सस्थाले समाजमा कम अवसर पाएका तथा अार्थिक अवस्था कमजाेर भएका व्यक्तिहरूलाई केन्द्रित गरि कार्यक्रम अगाडि बढाउने बताउनुभयो । हाल सम्म टिम नेपाे नेपालका करिब ४० भन्दा धेरै जिल्लाहरूमा शाखा विस्तार गरेकाे बताउनुभयो । युवाहरूकाे जमात रहेको सस्थाले समाजका व्यक्ति तथा समुदाय समक्ष पुगी, सामाजिक कार्य गरि सस्थालाई छुट्टै पहिचान दिई पाल्पामा अाफ्नाे कार्यलाई अगाडि बढाउने अध्यक्ष गहतराजले बताउनुभयो । गहतराजले पत्रकारीता क्षेत्रमा कलम चलाउदै अाउनुभएकाे छ ।
सस्थाका रूपन्देही अध्यक्ष सुमन पाेखरेलले टिमाे नेपाेले विगत लामाे समय देखि सामाजिक कार्यहरू सञ्चालन गरिरहेकाे बताउनुभयाे । देशका करिब ४० भन्दा धेरै जिल्लाहरूमा शाखा विस्तार गरेकाे बताउनुभयो । सस्थाले कम अवसर पाएका समुदायका नागरिकहरू समक्ष पुगी सामाजिक कार्यलाई अगाडि बढाएकाे बताउदै पाल्पा शाखाले पनि अागामी दिनमा कार्य अगाडी बढाउन सकाेस भनी शुभकामना दिनुभयाे ।


प्रकाशित : २०७८ भदौ २१ गते २०:३७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology