नेपाल शिक्षक महासंघ पाल्पाका पुर्व अध्यक्ष पाेखरेल काे निधन

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ भदौ २३ गते १०:५८

तानसेन,भाद्र २३

पाल्पा जिल्लाका शिक्षकहरूका धराेहर साथै शिक्षकहरूकाे छाता संगठन नेपाल शिक्षक महासंघ पाल्पाका पुर्व अध्यक्ष विष्णु प्रसाद पाेखरेलकाे आज (बुधबार) बिहान निधन भएको छ ।
हाल तानसेन स्थित पद्म पब्लिक माध्यमिक बिद्यालयकाे सहायक प्रधानाध्यापक समेत रहनुभएका पोखरेलको हृदयाघातका कारण मृत्यु भएको हो । पाल्पाका शिक्षकहरूकाे मुद्दाहरूलाई उच्चस्तरमा राखि शिक्षकहरूलाई न्याय साथै सम्मानमा उहाँ सदैब लागि पर्नु भएकाे थियाे । हाल उहाँ नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष हुनुहुन्थ्यो ।


प्रकाशित : २०७८ भदौ २३ गते १०:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology