डढुवा वनमा जीप दुर्घटना

भुवन सिंजाली
प्रकाशित : २०७८ भदौ २५ गते १०:०९

हुमिन,२५ भाद्र
पुर्वखाेला देखि तानसेन जाँदै गरेको लु १ ज ३१७७ नम्बरको फाेर्स जिप पुर्वखाेला ४ देविनगरकाे डढुवा वनमा दुर्घटना भएको छ। जिप अनियन्त्रित भइ बाटो देखि ३० मिटर तल खसेको छ।जिपमा चालक र सहचालक मात्र रहेका थिए।आफुहरुलाई चाेटपटक भने नभएको जिप चालकले बताएको छ। दुर्घटना भदौ २४ गते दिउँसो ४ बजे तिर भएपनि आफुहरुले साझ ७ बजेमात्र थाहा पाएर लगत्तै घटनास्थलमा पुग्दा कोही पनि नभएको र आज बिहान मात्र चालक सम्पर्कमा आएकाे पुर्वखाेला प्रहरी चाैकीले जानकारी दिएको छ।


प्रकाशित : २०७८ भदौ २५ गते १०:०९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology