कांग्रेस अधिवेशनकाे मिति हेरफेर

Kandara News
प्रकाशित : २०७८ भदौ २५ गते २२:३४

काठमाडौंमा भदाै २५,  शुक्रबार बसेको नेपाली कांग्रेस काे  बैठकले अधिवेशन गर्न बाँकी रहेका गाउँ/नगर वडा अधिवेशनलाई  अधिवेशन गर्न बाँकी रहेका २० जिल्लामाअसोज ५ गतेसम्म पुर्‍याएको छ ।

यसै गरी गाउँ र नगरपालिकाको अधिवेशन असोज ९ गते  , प्रदेश सभा क्षेत्र अधिवेशन १२ गते हुनेछ ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गतेका, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गतेका लागि मिति निर्धारणा गरिएकाे छ ।

प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गतेका लागि तोकिएको छ । केन्द्रीय महाधिवेशन मंसिर ९, १०, ११, १२ र १३ गते काठमाडौंमा गर्ने गरि तोकिएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।


प्रकाशित : २०७८ भदौ २५ गते २२:३४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology