करेसाबारी महोत्सव सम्पन्न

रविन शर्मा चापागाईं
प्रकाशित : २०७८ असोज २ गते १६:१८

असोज १, सोइया महिला स्वाबलम्बी संस्था देवदह रुपन्देहिले प्रथम चरणको करेसाबारी महोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीबाट प्रभावीत विपन्न तथा सिमान्तकृत समुदायका महिलाले अर्गानिक करेसाबारीबाट उत्पादित तरकारीले पोषण यूतm खानाको सुनिश्चितता गर्ने उदेश्यले भाद्र २९ देखि अश्विन १ गते सम्म महोत्सव सञ्चालन गरिएको थियो । महोत्सवमा देवदह नगरपालीका वडा न.ं १, ३ ,४, ८ र १० का महिलाहरुले आफुहरुले करेसाबारी कार्यक्रम अन्तर्गत सिकेका भोगाई र अनुभव साटासाट गरेका थिए । “सधै तरकारी किनेर खानुपथ्यर्यो, कमाएको पैसा सबै तरकारीमा जान्थ्यो , अहिले ५००० को खुसानी मात्र बेचे । गोलभेडा तयार छ । अहिले किन्नु पर्दैन” चाहना महिला बचत समुहका सदस्य माया सुनारले बताउनुभयो । महोत्सवमा ६२५ जना महिलाहरुलाई कृषि औजार, तरकारी रोप्ने आधुनिक झोला वडाध्यक्षहरुको उपस्थिीतिमा सोइया महिला स्वाबलम्बी संस्था देवदह रुपन्देहिका अध्यक्ष मिरा भुजेलले वितरण गर्नुभएको थियो । करेसावारी कार्यक्रम अन्तरर्गत यस अघि देवदहका महिलाहरुलाई अर्गानीक खेति तर्पm आकर्षित गर्न मल , विउ विजन, कृषि तालीम, कृषि औजार र सिचाईको उचित प्रवन्ध मिलाई सामुहिक खेती गरि महिलाहरुलाई शसक्त र आत्मनिर्भर बनाउनका संस्था लागी परेको सोइया महिला स्वावलम्बी संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले बताउनु भयो । लक्षित समुहका सहजकर्ताले आपैm कृषि र पोषणको तालीम सञ्चालन गर्ने , वचतका कार्यक्रम निरन्तरता दिदै जमिन नै नहुनेलाई भर्टिकल गार्डेन( बोरामा गरिने खेति ) मार्फत अर्गानिक खेतिमा जागरुक बनाईएको करेसाबारी कार्यक्रमका संयोजक राहुल खड्काले जानकारी दिनुभयो । CIVIL SOCIETY FUND (CISU) / NOVO डेनमार्कको आर्थिक सहयोगमा सञ्चालित करेसाबारी कार्यक्रममा देवदहका बाकी वडाहरुमा पनि करेसावारी महोत्सव गरी उत्कृष्ट महिला कृषकहरुलाई पुरस्कृत गरीने र सोइया महिला स्वावलम्बी संस्था सदैव कमजोरहरुको साथमा रहने संस्थाका अध्यक्ष मिरा भुजेलले बताउनुभयो ।


प्रकाशित : २०७८ असोज २ गते १६:१८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology