पूर्वखोला मिडिया प्रा.लि. काे कार्यालय उद्घाटन ।।

Kandara News
प्रकाशित : २०७८ असोज ३ गते २१:४७

असाेज ३ पूर्वखोला पाल्पा,   सहि सुचना र सञ्चारको पूर्वखोला मिडिया प्राली द्धारा संचालीत सवैलाई सुचना सम्प्रेषण गर्ने , कुना काप्चामा रहेका आवाज विहिन हरूको आवाज वुलन्द गर्ने उद्धेश्यले सञ्चालित कन्दरा न्युज कार्यालय पूर्वखोला गाउ पालिका वडा नं ३ रिङ्नेरह मा पूर्वखोला गाउ पालिका अध्यक्ष नुन बहादुर थापाले रिबन काटि संविधान दिवसको अवसर पारि कार्यालय उद्घाटन गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका थापाले आफ्नो गाउ ठाउमा मिडिया भएको र सो को कार्यालय उद्घाटन भएकाले स्थानिय सरकारले गरेका राम्रा कामको देश तथा विदेशमा समेत सुचना पुर्याउने छ । पहिले मिडिया नहुदा कतिपय राम्रा र उदाहरणिय काम समेत ओझेलमा परेको बताउनुभयो । देशको चौथो अंगको रूपमा रहेका सञ्चार माध्यमले सुचना सहि र निष्पक्ष हुनुपर्ने बताउनु भयो । संविधान मा अझै पनि केहि मानिस असन्तुष्टि रहेको र त्यसलाई परिमार्जन गर्न सकिने समेत बताउनुभयो ।

सोहि कार्यक्रममा विशिष्ट अतिथि रहनु भएकि गाउ पालिका उपाध्यक्ष भागिरथी भट्टराई ले मौलिक हक का रूपमा रहेको सुचना तथा सञ्चारको हक कार्यान्वयनमा पुर्वखोला मिडिया प्रा.लि ले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

सोहि कार्यक्रममा पूर्वखोला गाउ पालिका का प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरूले गाउ पालिका र पूर्वखोला मिडिया संगसंगै हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो । सुचना सत्य,तथ्य संम्प्रेषण गरि मिडिया अगाडी बढ्नुपर्ने अचेल होडबाजिले गर्दा धेरै सुचना भ्रमपूर्ण प्रशारण गर्ने भएकाले त्यस प्रति सचेत हुन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पत्रकार तथा लेखक निलकण्ठ न्यौपाने, वडा न ३ कार्यवाहक अध्यक्ष हिरा बहादुर ढेंगा, समाजसेवी कृष्ण भट्टराई, नागरिक समाजका हरी प्रसाद न्यौपाने लगायत अतिथिहरूले शुभकामना व्यक्त गर्नुभयो ।

सोहि कार्यक्रममा मिडिया प्रा.लि. का संस्थापक सदस्य विकास गैरे ले पूर्वखोला मिडिया प्रा.लि.द्धारा संचालित ३ दिने आधारभुत तालिममा आर्थिक सहयोग गर्नु भएकोमा उहालाई सम्मान स्वरुप उहाको अनुपस्थितमा उहाका बुवालाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा मिडिया प्रा.लि. का कार्यकारी निर्देशक डिल्ली राज पंगेनिले पूर्वखोला मिडिया प्रा.लि.को अहिले सम्मको गतिविधि र आगामि रणनिति प्रस्तुत गर्नुभयो । नविन आचार्यको स्वागत मन्तव्य ,पूर्वखोला मिडिया प्रा.लि व्यवस्थापन समितिका अध्यक्ष भरत सिंजालिको अध्यक्षतामा भएको कार्यक्रम कन्दरा न्युजका सह सम्पादक अमृत काम्मुको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ असोज ३ गते २१:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology