नेपाल कम्युनिष्ट पार्टी एमाले पाल्पा जिल्ला कमिटी को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

कन्दरा सम्बाददाता
प्रकाशित : २०७८ असोज ६ गते १७:२६

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी पाल्पाको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अथिती तथा नेकपा एमाले उप माहासचिब विष्णु प्रसाद पौडेलले पार्टी संगठन संचालनका गतिविधि सकारात्मक रुपमा गति विधि भैरहेको बेलामा मात्र नभै नाका बन्दि को अबस्थामा अन्य राजनैतिक दलहरु चुईक्क बोल्न नसकेको अबस्थामा के पि वली नेतृत्वमा बनेको सरकारले यस्ता खालका समस्याहरुलाई चिर्न सफल भै रहेको अवस्थामा पार्टी भित्र बाटै  केपि वली लाई काम गर्न  नदिई काममा अनेकौ बखेडा गरेको आरोप लगाउनु भयो । पौडेलले नेकपा रहदा प्रचण्डको योजना भनेकै माधब कुमार नेपाल संग मिलेर पार्टी कब्जा गर्ने पार्टी पार्टी कब्जा गर्न नसके पार्टीमा विभाजन ल्याउने उहाको यहि मानसिकले  रहेेेेकोले गर्दा पार्टी भित्र एकताको अनेकौ प्रत्यन गर्दा प्रण्डको कारणले एकता कायम गर्न नसकेको बताउनु भयो । पौडेलले अबको चुनाबमा नेकपा एमाले पुन ठुलो दल बनेर  सरकारको नेतृत्व गर्ने बताउनु भयो ।
कार्यक्रममा पूर्व भुमीसुधार तथा नेकपा एमाले केन्द्रिय सदस्य एवम् एमाले लुम्बिनी प्रदेश सह इन्चार्ज दल बहादुर रानाले केद्रिय स्तरका नेताहरु फरक फरक गुट बनाए र गएता पनि पाल्पालाई   एक ढिक्का बनाएर अघि बढ्ने बताउदै आजको प्रशिक्षण बाट यो निर्माण हुने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय नेता ठाकुर गैरे नेकापा एमालेले प्राप्त गरेको दुईतिहाई बहुमत नरहेको हामिले निर्माण गरेको नेकपा अहिले हामि संग छैन नेकपा एमाले भित्र संकट पैदा भैरहेको छ त्यो संकटलाई  समाधान गर्न , अझ बढि एकता बद्ध, गतिशिल, अझ मजबुद बनाउन यस प्रशिक्षणले सहयोग गर्ने बताउदै नेकपा एमाले लाई पुन जागरुप बनाउन आजको यो भेलाले सहयोग गर्ने भन्दै सबै क्षेत्रलाई मिलाई शक्तिशाली   पार्टी    निर्माण बनााउन               सबैलाई जुट्न आग्रह गर्नु भयो ।
अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम नेकपा (एमाले) केद्रिय सदस्य ददिराम न्यौपाने, केद्रिय लेखा आयोग सदस्य धनेन्द्रराज घिमिरे, लुम्बिनी प्रदेश नेकपा (एमाले) सदस्य यादब बहादुर रायमाझी, तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहि लगायतले प्रशिक्षण      भेलालाई संम्बोधन गर्नु भएकाे थियो ।
कार्यक्रम नेकपा(एमाले) पार्टी जिल्ला अध्यक्ष नारायण प्रसाद आर्चायको अध्यक्षतामा , नेकपा(एमाले) पार्टी जिल्ला उपाध्यक्ष मोहन थापाको स्वागत मन्तव्य र नेकपा(एमाले) पार्टी जिल्ला सचिब ओम घर्तीको संचालमा भएको थियो ।

 

 


प्रकाशित : २०७८ असोज ६ गते १७:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology