उपभोक्ता समितिका कार्यसमिति लाई १ दिने क्षमता विकास तालिम सिलुवामा सम्पन्न ।।

बिक्रम पंगेनी
प्रकाशित : २०७८ असोज ९ गते २०:२६

उपभोक्ता समितिका कार्यसमितिलाई १ दिने क्षमता विकास तालिम सिलुवामा सम्पन्न ।।                              सिलुवा , पूर्वखोला / असोज ९

पूर्वखोला गाउँपालिका सिलुवामा उपभोक्ता समितिका अध्यक्ष, उपाध्यक्ष, सचिब , कोशाध्यक्षलाई १ दिने योजना फोरफारक तथा काम गर्ने तरिका सम्बन्धी १ दिने  तालिम सिलुवा वडा कार्यालयमा सम्पन्न भएको छ ।

तालिममा , उपभोताले योजनाको काम के कसरी गर्ने सम्झौला, काम , प्राविधिक स्टेमेट बारेमा प्रशिक्षण भएको थियो प्रशिक्षण कार्यक्रमको सहजिकरण पूर्वखोला गाउँपालिका योजना अधिकृत विनोद नेपाल , पूर्वखोला गाउँपालिका प्राविधिक देवेन्द्र थापा र पूर्वखोला गाउँपालिका  लेखापाल दिपक कंवरले गर्नु भएको थियो ।

समापन कार्यक्रमका प्रमुख अथिती तथा पूर्वखोला गाउँपालिका गाउँकार्यपालिका सद्स्य राजु परियारले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्दै सम्झौता गरि काम सम्पन्न मिति भन्दा अगाडि नै काम सम्पन्न आग्रह गर्नु भएको थियो ।
समापन कार्यक्रम पूर्वखोला गाउँपालिका सिलुवा कार्यवाहक अध्यक्ष गिरमान आलेको अध्यक्षता भएको थियो ।


प्रकाशित : २०७८ असोज ९ गते २०:२६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology